फक्सवागन पोलोको ‘लेजेन्ड’ एडिसन सार्बजनीक

फक्सवागनले आफ्नो लोकप्रिय ह्याचव्याक कार पोलोको नयाँ एडिसन लन्च गरेको छ । भारतमा बिक्री शुरु गरेको १२ बर्ष पुरा भएको अवसर पारेर कम्पनीले यसको ‘लेजेन्ड’ एडिसन सार्बजनिक गरेको हो । जम्मा ७ सय युनिटमात्र उत्पादन गरिने यसको मूल्य १० लाख २५ हजार भारु निर्धारण गरिएको छ ।

यो नयाँ एडिसनमा १.० लिटर थ्री सिलिन्डर टिएसआई इन्जिन जडान गरिएको छ । जसमा ६ स्पिड अटोमेटिक टर्क कन्भर्टर ट्रान्समिसन समेत उपलब्ध गराइएको छ । यसको अधिकतम पावर ११० पिएस र टर्क १७५ एनएम रहेको छ । जुन हाल कारोबार भैरहेको रेगुलर मोडलको तुलनामा निकै बढी हो ।

यसको डिजाइनमा समेत केही फेरबदल गरिएको छ । फेन्डर र बुट व्याजमा लेजेन्ड लेखिएर आएको यो कारलाई थप स्पोर्टी बनाउन साइड बडी ग्राफिक्समा परिबर्तन गरिनुको साथै र व्ल्याक ट्रंक गार्निस र व्ल्याक रुफ रेल थप गरिएको छ । यो नयाँ एडिसनले पोलो कार पारखीमा बलियो छाप पार्ने विश्वास कम्पनीले लिएको छ ।

भारतमा सन् २००९ देखी उत्पादन शुरु गरिएको र २०१० मा लन्च गरिएको यो कार फक्सवागनका लागी भारतमा लन्च गरिएको पहिलो कार हो । भारतमा हालसम्म ३ लाखभन्दा बढी पोलो बिक्री भैसकेका छन् । भारतमा उत्पादन हुने ह्याचब्याक कारमा पहिलोपटक डुअल एयर व्यागलाई अनिबार्य गरिएको पोलोले सन् २०१४ मा ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा ४ स्टार रेटिङ हात पार्न सफल भएको थियो ।

यो कार नेपाली ह्याचव्याक पारखीमाझ समेत लोकप्रिय बनिरहेको छ । नेपालमा यो कारलाई प्रिमियम ह्याचब्याक कारका रुपमा लिइँदै आइएको छ ।

सम्बन्धित समाचारहरू

एमजीको नयाँ इलेक्ट्रिक कार : रेन्ज ४५० किलोमिटर, प्रतिस्पर्धा फक्सवागन आइडी३ संग

एमजीको नयाँ इलेक्ट्रिक कार : रेन्ज ४५० किलोमिटर, प्रतिस्पर्धा फक्सवागन आइडी३ संग

एमजी मोटर्सले नयाँ इलेक्ट्रिक ह्याचव्याक कार एमजी४ सार्वजनिक गरेको छ । यो...

शुरुवाती मूल्य ११ लाख २१ हजार भारुमा लन्च भयो फक्सवागन भर्टस

शुरुवाती मूल्य ११ लाख २१ हजार भारुमा लन्च भयो फक्सवागन भर्टस

फक्सवागनले आज भारतीय बजारमा मिड साइज सेडान भर्टस सार्वजनिक भएकोे छ । ३...

जीडब्लुएम नेपालद्वारा कम्प्याक्ट पिकअप ट्रक विंगल ५ नेपालमा सार्वजनिक

जीडब्लुएम नेपालद्वारा कम्प्याक्ट पिकअप ट्रक विंगल ५ नेपालमा सार्वजनिक

काठमाडौं – जीडब्लुएम नेपालले नेपालमा आफ्नो धेरै लोकप्रिय पिकअप ट्रक विंगल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...