आफ्नै प्रयोजनका लागि वा भाडामा लगाउन इलेक्ट्रिक कार चार्जर

इलेक्ट्रिक कारको ब्याट्री चार्ज गर्नका लागि हाल विभिन्न विकल्प उपलब्ध छन् । नेपालमा हाल विभिन्न कम्पनीहरुका इलेक्ट्रिक कार उपलब्ध छन् । नेपाली बजारमा दीगो ब्रान्डमा इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको दीगो ग्रुप अफ कम्पनिज अन्तर्गतको फ्युचर ग्रीन इनर्जी प्रालिले भने चार्जर समेत बिक्री–वितरण गरिरहेको छ ।

हाल भृकुटीमण्डपमा जारी हिमालयन हाइड्रो एक्सपोमा कम्पनीले चार्जर समेत बिक्रीका लागि उपलब्ध गराइरहेको छ । सो अवसरमा इलेक्ट्रिक कारको चार्जर वारेमा जानकारी समेत प्रदान गरिरहेको छ ।

कम्पनीले हाल जीभीटी स्ट्यान्डर्ड र सीसीएस स्ट्यान्डर्ड गरी दुई प्रकारका चार्जर उपलब्ध गराइरहेको फ्युचर ग्रीन इनर्जीकी सेल्स एन्ड मार्केटिङ अफिसर सुसन श्रेष्ठले बताइन् । जीभीटी स्ट्यान्डर्डको चार्जर चाहिं दीगोका कारहरुमा मात्र प्रयोग गर्न सकिन्छ भने सीसीएस स्ट्यान्डर्डको चार्जर एमजी, बीवाईडी, टाटा जस्ता बजारमा उपलब्ध अन्य ब्रान्डका कारमा समेत प्रयोग गर्न सकिन्छ । यी कारमा भएको पोर्ट फरक हुने भएकाले त्यही स्ट्यान्डर्ड अनुसारको चार्जर प्रयोग गर्नुपर्छ ।

कम्पनीले हाल पोर्टेबल, वाल माउन्ट र फिक्स गरी तीन प्रकारको चार्जर उपलब्ध गराइरहेको छ । पोर्टेबल चार्जरलाई गाडीमै राखेर विभिन्न स्थानमा लैजान र चार्ज गर्न सकिन्छ । वाल माउन्ट चार्जर घरको भित्तामा माउन्ट गरेर राख्न सकिन्छ भने फिक्स चार्जर चाहिं एकै स्थानमा फिक्स गरेर राख्न सकिन्छ । यसलाई व्यावसायिक कार्यमा लगाउन सकिन्छ ।

फास्ट चार्जरमा हाल जीभीटी स्ट्यान्डर्ड मात्र उपलब्ध भए पनि केही महिना भित्रै सीसीएस स्ट्यान्डर्ड समेत उपलब्ध हुने श्रेष्ठले बताइन् ।

हाल ७ किलोवाट क्षमताको पोर्टेबल र वाल माउन्ट चार्जर उपलब्ध छ । गाडीमा भएको ब्याट्री क्षमता अनुसार निश्चित समयमा ब्याट्रीलाई चार्ज गर्न सकिन्छ । यी चार्जरको मूल्य क्रमशः ७० हजार र १ लाख २० हजार रुपैयाँ तोकिएको छ ।

फास्ट चार्जर ६० किलोवाट क्षमताको छ । एक पटकमा दुईवटा गाडी चार्ज गर्न सकिन्छ । यसरी चार्ज गर्दा सामान्यतः ४५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । यसको मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । सबै चार्जरमा हाल एक्सपो अवधिका लागि ५ प्रतिशत छुटको समेत व्यवस्था छ ।

सम्बन्धित समाचारहरू

अब नेपाली बजारमा २.२ किलोवाट आवर भेरिएन्टको टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, मूल्य पनि कम

अब नेपाली बजारमा २.२ किलोवाट आवर भेरिएन्टको टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर, मूल्य पनि कम

काठमाडौं – नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

के भविष्यमा हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ ?

के भविष्यमा हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ ?

हाइब्रिड कारमा पेट्रोल/डिजेल इन्जिन र इलेक्ट्रिक मोटर दुवैको प्रयोग हुन्छ...

बीवाईडी एट्टो३ इलेक्ट्रिक एसयूभीले पायो फाइभ स्टार युरो एनक्याप सेफ्टी रेटिङ

बीवाईडी एट्टो३ इलेक्ट्रिक एसयूभीले पायो फाइभ स्टार युरो एनक्याप सेफ्टी रेटिङ

चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...