१४ महिनामै दोब्बर उत्पादन, लिपमोटरको २० लाखौं गाडी रोलआउट
काठमाडौं–चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी लिपमोटरले आफ्नो २०...
फ्रान्सको इतिहासमा पहिलो पटक पेट्रोलको भन्दा इलेक्ट्रिक कारको बिक्री बढेको छ । फ्रान्सेली सरकारले उच्च पेट्रोल मूल्यको बीचमा सब्सिडी मार्फत ईभीलाई जोड दिएको छ । गत त्रैमासिकको बिक्रीको तथ्याङ्कअनुसार फ्रान्समा नयाँ कारको बिक्रीमा पूर्ण इलेक्ट्रिक र हाइब्रिड मोडलको हिस्सा ४० प्रतिशत रहेको छ भने परम्परागत पेट्रोल मोडलको ३८ प्रतिशत रहेको छ ।
मार्चमा फ्रान्समा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कारहरू मध्ये टेस्ला मोडल–३ हो भने त्यसपछि ड्यासिया स्प्रिङ र स्टेलान्टिसको प्युजो २०८ थिए । फ्रान्समा सिट्रोन, बीएमडब्ल्यु, औडी र मर्सिडिज जस्ता इलेक्ट्रिक कार पनि बिक्री गरिन्छ । फ्रान्समा नयाँ कारको बिक्री भने लगभग २० प्रतिशतले घटेको छ । यसको मुख्य कारण सेमीकन्डक्टर चिप्सको विश्वव्यापी अभाव हो ।
फ्रान्समा गाडी बिक्री ट्रयाक गर्ने प्लेटफर्म अटोमोबाइल्स पीएफएले देशमा यो वर्ष नयाँ कार बिक्रीको प्रवृत्ति अनुमान गर्न गाह्रो भएको जानकारी दिएको छ । पीएफएले यो अनिश्चिततालाई रुस–युक्रेन युद्धका साथै चिप अभावको संकटलाई जिम्मेवार ठहराएको छ ।
ईभीले फ्रान्समा आफ्ना पेट्रोल समकक्षलाई उछिनेको छ । यदि फ्रान्समा बेचेको डिजेल कारको संख्या जोड्ने हो भने, पहिलो त्रैमासिकमा १६.५ प्रतिशतको बजार हिस्सा थियो । फ्रान्समा इलेक्ट्रिक सवारी साधनको वृद्धि ठूलो परिवर्तन हो, किनकि ३ वर्ष अघि मात्रै फ्रान्समा इलेक्ट्रिक सवारी साधन भित्रिएको थियो ।
इलेक्ट्रिक कारको लागि सरकारी अनुदान, जीवाश्म इन्धनका सवारी साधनमा प्रतिबन्ध र पेट्रोलियम पदार्थको मूल्य बढेपछि फ्रान्समा इलेक्ट्रिक सवारी साधन केही समयमै प्रमुख बनेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...