अर्को नयाँ इलेक्ट्रिक मोटरसाइकल भित्रिदै, खुल्यो बुकिङ

काठमाडौं – काठमाडौंमा प्रारम्भ भएको हिमालयन हाइड्रो एक्सपोमा भारतीय इलेक्ट्रिक ब्रान्ड प्योर ईभीको इलेक्ट्रिक मोटरसाइकल ईट्रिस्ट ३५० को बुकिङ खुलेको छ । नेपालका लागि प्योर ईभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्स प्रालिले आफ्नो स्टलमार्फत बुकिङ खुलाएको हो ।

३.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री भएको सो मोटरसाइकलले सिंगल चार्जमा १४० किलोमिटर सम्मको रेन्ज दिने बताइएको छ । यसको टप स्पिड ८५ किलोमिटर प्रतिघण्टा छ । ब्याट्रीलाई फुल चार्ज हुन ६ घण्टा लाग्छ । यसमा ८४ भोल्ट ८ एम्पियरको चार्जर प्रयोग गर्न सकिन्छ ।

ड्राइभ, क्रसओभर र थ्रिल गरी तीन ड्राइभिङ मोड रहेको प्योर ईभी ईट्रिस्ट ३५० मा २.५ किलोवाटको नोमिनल र ४ किलोवाटको पिक बीएलडीसी हब मोटर छ ।

यो मोटरसाइकलमा डिजिटल स्पिडोमिटर र ओडोमिटर, सेन्ट्रल लकिङ तथा एलईडी हेडलाइट, टेललाइट, टर्न सिग्नल ल्याम्प र डीआरएल रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम छ ।

ह्वाइट लोटर्स मोटर्स स्रोतका अनुसार यो मोटरसाइकल करिव एक महिना भित्र नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य अहिले नै निश्चित नगरिए पनि करिव ४ लाख २० हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ । हाल बुकिङ गर्ने ग्राहकलाई केही रकम छुट समेत उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी पछि मेगावाट चार्जरको दौडमा अब जिकर, १.२ मेगावाटको सुपर चार्जर लन्च गर्ने

बीवाईडी पछि मेगावाट चार्जरको दौडमा अब जिकर, १.२ मेगावाटको सुपर चार्जर लन्च गर्ने

जिकरले पिक पावर १.२ मेगावाटको पुर्ण रुपमा लिक्विड–कुल्ड चार्जिङ स्टेसन...

नेपाल मोबिलिटी एक्सपोमार्फत बिक्री सुरु हुँदै आईएम–६, यस्तो छ विशेषता

नेपाल मोबिलिटी एक्सपोमार्फत बिक्री सुरु हुँदै आईएम–६, यस्तो छ विशेषता

काठमाडौं –आईएम मोटर्सको प्रिमियम एसयूभी ‘आईएम–६’ अगामी साउन २१ देखी सुरु...

४० हजारले बढ्यो हुन्डाई कोना ईभीको मूल्य

४० हजारले बढ्यो हुन्डाई कोना ईभीको मूल्य

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...