गाडीमा हुने नयाँ प्रविधि क्रुज कन्ट्रोल के हो ? कसरी गर्छ गाडीको गति नियन्त्रण ?

क्रुज कन्ट्रोल सिस्टम एक वौद्धिक डिभाइस हो, जसमा एक्सिलरेटर पेडल नथिचेरै कुनै निश्चित गतिमा गाडी गुडाउन सकिन्छ । सन् १९५८ मा अमेरिकी अटोमोबाइल कम्पनी क्रिस्लरले यसको विकास गरेको थियो ।

क्रुज कन्ट्रोलले गाडीको इन्जिनलाइ ड्राइभरले सेट गरे बमोजिमको गतिमा गुडाउन सहयोग गर्छ । यो प्रक्रिया एक्सिलरेटर पेडल र फ्युल इन्जेक्टर जोड्ने लिंकेजको नियन्त्रणले हुन्छ ।

क्रुज कन्ट्रोलको मुख्य उदेश्य भनेकै गाडीलाई बाहिरी हस्तक्षेप बिना,निर्धारित गतिमा संचालन गर्नु हो यसको प्रयोगले लामो दुरीमा सवारीको चालकको घुडा दुख्ने लगायतका विभिन्न समस्या लाई कम गर्छ ।

क्रुज कन्ट्रोलले कसरी काम गर्छ त ?
क्रूज कन्ट्रोल सिस्टमले एक्सिलरेटरको पोजिसनलाई समायोजन गरेर काम गर्छ । एउटा एक्चुएटरको प्रयोग गरि क्रुज कन्ट्रोलले थ्रोटललाइ नियन्त्रण गर्छ । क्रुज कन्ट्रोलको सुरुवाती चरणमा एक्सिलरेटरसँग जडित एउटा तारले थ्रोटललाई नियन्त्रण गरि गति सीमा स्थिर राख्थ्यो बिना कुनै तारको प्रयोगले । पछिल्ला भर्सनमा भने सेन्सर र कन्ट्रोल युनिटबाट संचालन भएर चलेको अवस्था छ ।

अझ आधुनिक क्रुज कन्ट्रोलले त गाडीको गति अगाडि रहेको गाडीको गति अनुरुप निर्धारण गर्दछ । यसो गर्नाले एउटा सुरक्षित् दुरी कायम भइ दुर्घटना कम हुन्छ ।

क्रुज कन्ट्रोलको प्रयोग म्यानुअल ट्रान्समिसनको गाडीमा भन्दा अटोमेटिक ट्रान्समिसनका गाडीहरुमा अझ उपयोगी हुन्छ किनभने अटोमेटिक ट्रान्समिसन भएका गाडीमा गति कम गर्न तुलनात्मक रुपले सजिलो हुन्छ ।

क्रुज कन्ट्रोलको प्रयोग                                   

क्रुज अप्सन भएको गाडीमा स्टेयरिङ ह्विलतिर भएका क्रुज कन्ट्रोलका “ON” ,”OFF”,”RES”,”CANCEL” र “SET”  गरि ५ बटनहरुको प्रयोगले यसको उपभोग गर्न सकिन्छ l

  • क्रुज कन्ट्रोललाई संचालन गर्न सर्बप्रथम “ON” बटन थिचि कुनै निश्चित स्थिर गतिमा चलाउन सकिन्छ l उदाहरणका लागि ५० कि.मि प्रति घण्टा l
  • ५० कि.मि प्रति घण्टाको निश्चित गतिमा चलाउनका लागि “SET”  बटन चिन्नु पर्नेछ l यस पश्चात एक्सिलरेटरबाट आफ्नो खुट्टा हटाउन सकिन्छ र गाडी सो गतिमा चल्छ l
  • यसैगरि “+” बटन थिचेर / चलाएर गाडीको गति  बढाउन  सकिन्छ भने “-“ बटन थिचेर / चलाएर गाडीको गति  घटाउन सकिन्छ l
  • ब्रेक (वा क्लच) पेडल थिचेर अथवा ”CANCEL” बटन थिचेर गाडी क्रुज कन्ट्रोलबाट छुटाउन सकिन्छ l
  • फेरी क्रुज कन्ट्रोल सुचारु गर्न “RES” बटन थिच्न सकिन्छ l
  • क्रुजको सुबिधा अन्त्य गर्न ”OFF” बटन थिचेर यो बाट बाहिरिन सकिन्छ l

क्रुज कन्ट्रोल सिस्टमको प्रयोग अवधि भर ड्यासबोर्डमा क्रुजको सांकेतिक बत्ति बल्छ भने प्रयोग पश्चात सो बत्ति आफै निभ्नेछ l

क्रूज कन्ट्रोलको तेल खपतमा योगदान ?
तेलको खपत कम गर्ने उत्तम उपाय हो क्रुज कन्ट्रोल को प्रयोग । गाडी स्थिर गतिमा चल्ने हुँदा करिब ७ देखि १५ प्रतिशत सम्मको तेलको खपत कम हुन्छ । अचानक गतिमा तीव्रता वा सुस्तताले तेल बढी खान्छ । कम गतिबाट हुइक्याएर बढी गतिमा लग्दा गाडीको इन्जिनबाट बढी टर्क चाहिन्छ, बढी टर्क उत्पादन गर्न तेल पनि बढी लाग्छ । स्थिर गतिमा गाडी चलाउदा तेल र टर्क न्यूनतम लाग्छ ।

क्रुज कन्ट्रोलमा गाडी निश्चित गतिमा चल्ने भएकाले अचानक गतिमा तीव्रता र सुस्तता नआउनाले तेल बढी खाने समस्या निर्मुल पार्छ ।

क्रुज कन्ट्रोलका फाइदाहरु

  • इन्जिन र ट्रान्समिसनका पार्टपुर्जाहरुको वेयर र टियर (wear and tear) कम गर्छ l
  • गाडीको गतिलाई नियन्त्रण गर्छ l
  • इन्धनको खपत कम गर्छ र इन्धनको क्षमता वृद्धि गर्छ l
  • चालकहरुलाई आराम दिन्छ l

कुन अवस्थामा क्रुज कन्ट्रोलको प्रयोग नगर्ने ?

क्रुज कन्ट्रोल गाडीको उपयोगी सुबिधा हो, यद्यपि यसको दुरुपयोग गर्नु हुदैन l तल उल्लेखित अवस्थामा क्रुज कन्ट्रोल प्रयोग गर्दा ध्यान दिनु पर्छl

  • खराब मौसम जस्तै हावाहुरी लाग्दा, पानी पर्दा गाडीको बाहिरी सेन्सरमा असर पर्न सक्छ र क्रुज कन्ट्रोलले शतप्रतिशत काम नगर्न सक्छ l सफा मौसममा नै यो सुबिधा प्रयोग गर्न उपयुक्त हुन्छ l
  • थकित , आलस्य वा निन्द्रा लागेको बेला क्रुज कन्ट्रोलको प्रयोग गर्नु हुदैन l क्रुज कन्ट्रोलको प्रयोग गरिएको बेला रोड र वरीपरी वातवरणको अवस्थाको बारेमा पूर्ण रुपले सचेत हुन् जरुरि छ l
  • समतल बाटोमा क्रुज कन्ट्रोलले तेल कम खपत गर्छ तर उकालो बाटो भने क्रुज कन्ट्रोलले झनै बढी तेल खान्छ l
  • रोड र ट्राफिकको अवस्था हेरेर क्रुज कन्ट्रोलको प्रयोग गर्नु पर्छ l चिप्लो, भिजेको बाटो वा निकै ट्राफिक रहेको अवस्थामा क्रुज कन्ट्रोल फलदायी हुदैन l

सुयोग खनाल
(अटोमोबाइल इन्जिनियर )

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...