कुसाक र स्लाभिया सफल भएपछि मार्च महिनामा स्कोडाले हाँसिल गर्यो किर्तिमानी सेल्स रेकर्ड

चेक रिपव्लिकन ब्रान्ड स्कोडले मार्च महिनामा कितीमार्नी बिक्री हाँसिल गरेको छ । कुशाक र स्लभिया मोडलले भारतीय बजारमा लोकप्रियता हाँसिल गरेसंगै सो ब्रान्डले उक्त महिना हालसम्मकै सर्बाधिक बिक्री हाँसिल गरेको हो । स्कोडाले उक्त महिना कुल ५ हजार ६ सय ८ युनिट कार बिक्री गरेको थियो । यो अघिल्लो बर्षको सोही महिनामा बिक्री भएको १ हजार १ सय ५९ युनिटको तुलनमा ३८३ प्रतिशतले बढी हो ।

साथै उसले यो बर्षको पहिलो क्वार्टर अर्थात जनवरीदेखी मार्च महिनासम्ममा कुल १३ हजार १ सय २० युनिट कार बिक्री गर्न सफल भएको छ । यो अघिल्लो बर्षको सोही अबधीमा बिक्री भएको कारको तुलनमा ५ गुणा बढी भएको जनाइएको छ । जसलाई कम्पनीले ३ महिनाको अबधीमा हालसम्मकै सर्बाधिक बिक्री भएको रेकर्ड भनेको छ ।

भारतमा २.० प्रोजेक्ट अन्तर्गत सन् २०१९ देखी २०२१ सम्मको अबिधीमा एक बिलियन यूरो लगानी गर्ने उद्घोष गरेपछि स्कोडाले स्थानिय बजारलाई मध्येनजर गर्दै नयाँ मोडलका कार र एसयुभी सार्बजनिक गरिरहेकको छ । सोही क्रममा उसले २०२१ को जुन महिनामा मिड साइज एसयुभी कुसाक र यसै बर्षको फेब्रुअरी महिनामा स्लाभिया सेडान कार लन्च गरिसकेको छ । यी दुबै कार अहिले भारतसहित अन्य राष्ट्रमा समेत लोकिप्रय बनिरहेका छन् ।

भारतमा सार्बजनिक भएको २ महिनापछि अर्थात २०२१ को अगस्ट महिनामा नेपाल भित्रिएको कुसाक एसयुभी यहाँको बजारमा समेत सफल बनिरहेको छ । यो एसयुभीमा १.० लिटरको शक्तिशाली टिएसआई इन्जिन जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

चर्चामा फिएट : भारतमा पुनरागमन हुन सक्ने अनुमान

चर्चामा फिएट : भारतमा पुनरागमन हुन सक्ने अनुमान

एफसीएको मूल कम्पनी स्टेलान्टिसले फिएट ब्रान्डलाई भारतमा पुनः लन्च गर्ने...

दसैंका लागि जिपको लिजेन्ड्री अफर : ७ प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्ट

दसैंका लागि जिपको लिजेन्ड्री अफर : ७ प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्ट

काठमाडौं – नेपालमा जिपको आधिकारिक वितरक लाइफ अटोमोबाइल्सले यो वर्षको...

४ दिनपछि कुसाकको नयाँ भेरियन्ट लन्च हुने, ब्ल्याक आउट लुक र एड्भान्स फिचर प्रमुख आकर्षण

४ दिनपछि कुसाकको नयाँ भेरियन्ट लन्च हुने, ब्ल्याक आउट लुक र एड्भान्स फिचर प्रमुख आकर्षण

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको मोन्टे कार्लो भेरिएन्ट यसै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...