रेनो काइगर नयाँ स्पोर्टी लुकमा लन्च, पहिले भन्दा धेरै उत्कृष्ट फिचर

रेनो काइगर सब–कम्प्याक्ट एसयूभी विभिन्न थप टेक्नोलोजी सहित भारतीय बजारमा लन्च भएको छ । यसको साथै नयाँ काइगरको लुक पनि अपडेट गरिएको छ । रेनो काइगरलाई भारतमा सन् २०२१ को सुरुमा पहिलो पटक लन्च गरिएको थियो । ग्लोबल एनसीएपी क्रयास टेस्टमा सो कारलाई ४ स्टार सेफ्टी रेटिङ दिइएको छ ।

२०२२ रेनो काइगरमा क्रुज कन्ट्रोल र वायरलेस फोन चार्जिङ जस्ता फिचरहरू समावेश छन् । अझ महत्वपूर्ण कुरा, यसमा पीएम२.५ एड्भान्स बायुमन्डलीय फिचर दिइएको छ, जुन अहिले एसयूभीको हरेक भेरिएन्टमा स्ट्यान्डर्ड रुपमा उपलब्ध गराइन्छ ।

नयाँ काइगरको टर्बो रेन्जमा फ्रन्ट स्किड प्लेट, टेल गेटमा क्रोम, टर्बो डोर डिकल्स र नयाँ एक्सटेरियर कलर विकल्प – ड्युअल टोनमा मिस्ट्री ब्ल्याक रूफको साथै मेटल मस्टर्ड पनि उपलब्ध छ । एक विकल्पको रुपमा रेड फेड ड्यासबोर्ड एक्सेन्ट र रेड स्टिचिङको साथ क्विल्ट एम्बोस सिट अपहोल्स्ट्री समावेश छ । सो एसयूभीमा १६ इन्चको डायमण्ड–कट अलोय ह्विलहरु छन् ।

रेनो काइगर २ इन्जिन विकल्पहरूमा पेश गरिएको छ । यसको एमटी र ईजी आर एएमटी ट्रान्समिसनमा १.० लिटर इनर्जी इन्जिन र एमटी र एक्स–ट्रोनिक सीभीटी ट्रान्समिसनमा १.० लिटर टर्बो इन्जिन जडान छन् । भारतमा रेनोको १० औं वार्षिकोत्सव समारोहमा गत वर्ष लन्च गरिएको काइगर आरएक्सटी (ओ) भेरिएन्ट एमटी र एक्स–ट्रोनिक सीभीटी ट्रान्समिसनमा १.० लिटर टर्बोमा उपलब्ध हुनेछ ।

२०२२ रेनो काइगरको एक्स–शोरूम मूल्य ५ लाख ८४ हजार भारु तोकिएको छ । यो कारले २०.५ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी गरिएको छ ।

रेनो काइगरले भारतीय बजारमा निसान म्याग्नाइट, हुन्डाई भेन्यु, मारुती सुजुकी भिटारा ब्रेजा, टोयोटा अर्बन क्रुजर र महिन्द्रा एक्सयूभी७०० जस्ता सब–कम्प्याक्ट एसयूभी सेगमेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालमा एड्भान्स्ड अटोमोबाइलले रेनोका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा समेत भविष्यमा यो कार भित्रिने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ रेनो डस्टर बन्यो कम्पनीको सर्वाधिक बिक्री हुने मोडल, ट्राइबर र काइगरको माग पनि बढ्यो

नयाँ रेनो डस्टर बन्यो कम्पनीको सर्वाधिक बिक्री हुने मोडल, ट्राइबर र काइगरको माग पनि बढ्यो

रेनो इन्डियाको नयाँ डस्टर अप्रिल महिनामा सर्वाधिक बिक्री हुने मोडल बनेको...

मासिक २४ हजार वा ३१ हजारमा रेनो काइगर लिन सकिने : यस्तो छ व्यवस्था

मासिक २४ हजार वा ३१ हजारमा रेनो काइगर लिन सकिने : यस्तो छ व्यवस्था

नेपाली बजारमा रेनो काइगर सिंगल टोन र डबल टोन तथा टर्बो पेट्रोल गरी तीन...

रसियामा व्यवसाय गरिरहेको रेनोले १ रुबलमा आफ्नो सेयर बिक्री गर्ने

रसियामा व्यवसाय गरिरहेको रेनोले १ रुबलमा आफ्नो सेयर बिक्री गर्ने

फ्रान्सेली अटोमेकर कम्पनी रेनोले रुसको सबैभन्दा ठूलो कार निर्माता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...