जीपको ७ सिटर एसयुभी मेरिडियन सार्बजनिक, औपचारिक लन्च पछि नेपाल आउनसक्ने संभावना

अमेरिकन अटो निर्माता जीपले भारतीय बजारमा नयाँ ७ सिटर एसयुभी मेरिडियन सार्बजनिक गरेको छ । कम्पास एसयुभीमा आधारित यो ७ सिटर एमपीभीको छिट्टै बुकिङ खुल्ला हुने र अर्को महिना औपचारिक लन्च गरिने जनाइएको छ । यो एसयुभी जीपको लाइनअपमा कम्पास भन्दा माथीको मोडल हुने बताइएको छ ।

फ्रन्ट लुक्सलाई झट्ट हेर्दा कम्पास एसयुभी जस्तै लाग्ने यो नयाँ थ्री रो एसयुभीको पछाडी भागमा भने नयाँ डिजाइन दिइएको छ । अन्य एसयुभीमा जस्तै यसमा पनि जीपको सिग्नेचर ग्रिल दिइएको छ । मेरिडयनमा १८ इन्चको डायमन्ड कट अलोय ह्विल्स दिइएको छ । जसले यो थ्री रो एसयुभीलाई आकर्षक र स्पोर्टी देखाउन मद्दत गरको छ ।

डुअल टोन थिममा डिजाइन गरिएको यसको इन्टेरियन निकै नै आकर्षक र आरामदायी रहेको छ । जहाँ फराकिलो स्पेस, लेगरुम र हेडरुम पाउन सकिन्छ । यो एसयुभीमा दिइएको दोस्रो लहरको सिटलाई २९ डिग्री र तेस्रो लहरलाई ३२ डिग्रीसम्म झुकाउन सकिन्छ । साथै दोस्रो लहरको सिटलाई फोल्ड गरेर सजिलै तेस्रो लहरमा पुग्न समेत सकिन्छ । पछाडी बस्ने यात्रुको सुबिधाका लागी यसमा एअर व्लोअर र कप होल्डर जस्ता फिचर्स समेत दिइएको छ ।

यो एसयुभीमा जीपले १०.५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.१ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध गराएको छ । वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, प्रिमियम साउन्ट सिस्टम, डुअल जोन क्लाइमेट कन्ट्रोल, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, वायरलेस चर्जिङ, पावर्ड लिफ्टगेट र ८ तरिकाबाट एडजस्ट गर्न मिल्ने सिट जस्ता प्रिमियम फिचर्स समेत उपलब्ध गराइएको छ ।

सुरक्षाका लागी ६० भन्दा बढी एक्टिभ फिचर्स दिइएको यो एमपिभीमा ६ वटा एयर व्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अव्स्टेकल डिटेक्सन र एन्टि पिन्च सेसिंग सेफ्टि सिस्टम समेत उपलब्ध गराइएको छ ।

मेरिडियनमा २.० लिटर फोर सिलिन्डर मल्टिजेट टर्बो डिजेल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १७० एचपी र टर्क ३५० एनएम रहने बताइएको छ । फ्रन्ट ह्विल ड्राइभ सहितको ६ स्पिड म्यानुअल र ९ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुने यो एसयुभीलाई स्यान्ड/मड, स्नो र अटो ड्राइभ मोडमा चलाउन सकिन्छ । प्रतिघन्टा १९८ किलोमिटरसम्मको उच्चतम गतिमा हाक्न सकिने यसले १०.८ सेकेन्डमै एकसय किलोमिटर प्रति घन्टा सम्मको गति पकड्न सक्ने बताइएको छ ।

जीप मेरिडियनले स्कोडा कोडियाक, एमजी ग्लोस्टर र टोयोटा फर्चूनरसंग प्रतिस्पर्धा गर्न सक्ने छ । औपचारिक लन्च पश्चात सो एमपिभी नेपाली बजारमा समेत आउन सक्ने छ ।

सम्बन्धित समाचारहरू

झापामा खुल्यो जेसीबीको सुविधासम्पन्न आउटलेट

झापामा खुल्यो जेसीबीको सुविधासम्पन्न आउटलेट

काठमाडौं – नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको...

चाइनिज ब्रान्ड चेरीले पायो जनवरीमा ऐतिहासिक निर्यात सफलता : नेपाली बजार आशावादी

चाइनिज ब्रान्ड चेरीले पायो जनवरीमा ऐतिहासिक निर्यात सफलता : नेपाली बजार आशावादी

चीनमा चेरी ग्रुपले जनवरी महिनामा गत वर्षको यही महिनाको तुलनामा २० प्रतिशत...

स्कोडाले कुसाकमा गर्यो यी फिचर्स अपडेट, नयाँ भेरियन्ट स्टाइल एनएसआर समेत भयो थप

स्कोडाले कुसाकमा गर्यो यी फिचर्स अपडेट, नयाँ भेरियन्ट स्टाइल एनएसआर समेत भयो थप

स्कोडले आफ्नो लोकप्रिय एसयुभी कुसाकमा नयाँ फिचर्स अपडेट गरेको छ । उसले सबै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...