पेट्रोलियम सवारीलाई इलेक्ट्रिकमा रुपान्तरण गर्दा छुट

सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट चल्ने गाडीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामुलक फेरबदल गर्न तीन वर्षसम्मका लागि छुट दिने निर्णय गरको हो ।

यातायात व्यवस्था ऐनले सरकारको अनुमति नलिई सवारी साधनमा पार्टपूर्जाबाहेक अन्य कुनै प्रकारको परिवर्तन गर्न नहुने व्यवस्था गरेको छ । ऐनको दफा ३१ को उपदफा १ मा सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सीट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नहुने उल्लेख छ । तर, विद्युतीय वा अन्य कुनै वातावरणमैत्री सवारीमा रुपान्तरण गर्न चाहानेका लागि यो व्यवस्थालाई तीन वर्षसम्मका लागू लागू हुने छैन ।

उपदफा २ मा यस्तो हेरफेर गर्नु परी स्वीकृति मागेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी त्यस्तो हेरफेर गर्न उपयुक्त हुने देखेमा हेरफेर गर्ने स्वीकृति दिन सक्ने उल्लेख छ । अब इन्धन प्रणालीलाई वातावरणमैत्री वा ऊर्जादक्षता दक्षतामुलक बनाएर फेरदबल गर्न सक्ने व्यवस्था गरेको छ ।

यसले पेट्रोल तथा डिजेल गाडीहरुलाई विद्युतीय वा अन्य वैकल्पिक ग्यासबाट चल्ने सवारीमा रुपान्तरण गर्न प्रत्साहन मिल्ने सरकारको अपेक्षा छ । यसरी रुपान्तरण गर्नका लागी सवारी धनी वा सम्बन्धित कम्पनीले अनुमति भने लिनुपर्नेछ ।

सम्बन्धित समाचारहरू

सुजुकीले सार्वजनिक ग-यो पहिलो ईभी ई-भिटारा, सुजुकी पर्वोत्सव अफर समेत सार्वजनिक

सुजुकीले सार्वजनिक ग-यो पहिलो ईभी ई-भिटारा, सुजुकी पर्वोत्सव अफर समेत सार्वजनिक

काठमाडौँ – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...

विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएको अर्थमन्त्रीको भनाइ : कस्तो छ व्यावहारिक कर ?

विद्युतीय गाडीमा लाग्ने कर व्यावहारिक बनाएको अर्थमन्त्रीको भनाइ : कस्तो छ व्यावहारिक कर ?

अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक...

लुयान र सारथी स्कुटरमा मनसुन म्याजिक अफर, १० हजार नगद छुट र अन्य सुबिधा पनि

लुयान र सारथी स्कुटरमा मनसुन म्याजिक अफर, १० हजार नगद छुट र अन्य सुबिधा पनि

काठमाडौं–जीरो इमिसन राइड एनले मनसुन सिजनलाई लक्षित गरी आफ्ना लोकप्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...