अब जावा मोटरसाइकल किन्दा फ्ल्याट १५ हजार डिस्काउन्ट, यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले नयाँ वर्ष २०७९ को अवसरमा न्यु इयर स्किम ल्याएको छ ।

नेपाली बजारमा उपलब्ध जावा मोटरसाइकलको फोर्टी–टु, जावा र पेराक सबै मोडलमा नेपाल अधिराज्यभरि लागु हुने गरी ल्याइएको सो स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ हजार रुपैयाँको फ्ल्याट डिस्काउन्ट पाउन सक्ने छन् ।

यो अफरको लाभ जावा मोटरसाइकलको विर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगन्ज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट सजिलै लिन सकिने बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि निकै रुचाईएको जावा मोटरसाइकलले यस स्किममार्फत सबैबाट थप सकारात्मक प्रतिक्रिया पाउने विश्वास पनि गरिएको कम्पनीले बताएको छ ।

नेपाली बजारमा जावा क्लासिक सिंगल च्यानल एबीएसको मूल्य ७ लाख ५ हजार र डबल च्यानल एबीएसको मूल्य ७ लाख ३६ हजार रुपैयाँ छ । त्यसैगरी जावा फोर्टी टु सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ७३ हजार र ७ लाख ४ हजार रुपैयाँ तथा जावा पेराकको मूल्य ८ लाख २० हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

निर्वाचनको लागि भारत सरकारद्वारा ६१ गाडी हस्तान्तरण

निर्वाचनको लागि भारत सरकारद्वारा ६१ गाडी हस्तान्तरण

काठमाडौं – भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल...

आज नेपाली बजारमा लन्च हुँदै महिन्द्रा एक्सयूभी ३००

आज नेपाली बजारमा लन्च हुँदै महिन्द्रा एक्सयूभी ३००

काठमाडौं – नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड...

महिन्द्राको नयाँ लोगो सार्वजनिक, एक्सयूभी ७०० मा पहिलो पटक प्रयोग हुने

महिन्द्राको नयाँ लोगो सार्वजनिक, एक्सयूभी ७०० मा पहिलो पटक प्रयोग हुने

महिन्द्रा एन्ड महिन्द्राले नयाँ लोगो सार्वजनिक गरेको छ । उक्त लोगो अर्को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...