होन्डा सिटीसँग प्रतिस्पर्धा गर्न फक्सवागनले ल्याउदै छ भर्टस सेडान कार
फक्सवागनले भारतीय बजारका लागि नयाँ मिड साइज सेडान कार ल्याउने तयारी...
फक्सवागनको लोकप्रिय एसयुभी टाइगुनले भारतमा ४ वटा प्रतिष्ठित अवार्ड हात पारकोे छ । यो मिडसाइज एसयुभीले भारतमा २०२२ का लागी अटोकार, टप गियर र कार एन्ड बाइक अवार्ड हात पारेको हो भने अटो एक्सले २०२१ को सर्बोत्कृष्ट एसयुभीका रुपमा सम्मानित गरेको छ । अघिल्लो बर्षको सेप्टेम्बर महिनामा लन्च गरिएको यो एसयुभी भारत लगायत अन्य राष्ट्रहरुमा समेत लोकप्रिय बनिरहेको छ ।
नेपाली बजारमा यसै वर्षको असोज महिनामा लन्च गरिएको यो एसयुभीको सुरुवाती मूल्य ५० लाख ९० हजार रुपैयाँ तोकिएको थियो । नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेश्नल नेपालले उक्त मूल्य सिमित अबधीका लागी मात्र कायम गरिएको बताउँदै आइरहेकोमा हाल यसको मूल्य बढाएर ५१ लाख ९० हजार रुपैयाँ पुर्याइएको छ ।
म्यानुअल ट्रान्समिसनमा कम्फर्टलाइन र हाइलाइन गरी दुई भेरियन्ट र अटोमेटिकमा टपलाइन सहित कुल ३ भेरियन्टमा उपलब्ध यो एसयुभीको मूल्य अब क्रमश ५१ लाख ९० हजार, ६४ लाख ९० हजार र ७० लाख ९० हजार रुपैयाँ पर्ने कम्पनी स्रोतले बताएको छ ।
१.० लिटर टर्बो–चार्जड् स्ट्राटिफाइड इन्जेक्सन (टीएसआई) इन्जिन जडान गरिएको यो एसयुभीले क्लासमै सबैभन्दा धेरै ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्ने दाबी गरिएको छ । ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर सम्मको गति पकड्न सक्ने यो एसयुभीमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम, ठूलो ह्विलबेस, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, ३८५ लिटरको बकेट टाइप बुट स्पेस र एलईडी टेल लाइट लगायतका अन्य प्रशस्तै फिचर्स समाबेश गरिएको छ ।
इन्फोटेनमेन्ट सिस्टममा गाना डटकम, अडियोबुक बुकिङ डटकम आदि विभिन्न एपसमेत लोड भएर आउँछ भने अफलाइन नेभिगेसन समेत उपलब्ध छ । यो कारमा वायरलेस एप कनेक्ट समेत स्ट्यान्डर्डको रुपमा उपलब्ध हुने भएकाले एन्ड्रोइड अटो र एप्पल कारप्लेलाई सहजताका साथ कनेक्ट गर्न सकिन्छ ।
यो एसयुभीमा टायर प्रेसर डिफ्लेक्सन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्स, मल्टी–कोलिजन ब्रेक, हाई स्ट्रेन्थ स्टिल स्ट्रक्चर, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्ट सहित ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचर्स दिइएको छ ।
फक्सवागनले भारतीय बजारका लागि नयाँ मिड साइज सेडान कार ल्याउने तयारी...
फक्सवागन भर्टस सार्वजनिक भएकोे छ । सो नयाँ मोडल भारतीय बजारमा छिट्टै लन्च...
फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेश्नल नेपालले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...