रोयल इन्फिल्ड गुमाएको एमभी दुगड समुहसंग छ अझै ७ वटा अटोमोवाइल ब्रान्ड

नेपालको सबैभन्दा पुरानो व्यवसायिक घराना मध्येको एक एमभी दुगड समुह अटोमोबाइल व्यवसायमा चिरपरिचित नाम हो । विगत लामो समयदेखी कारोबार गर्दै आइरहेको प्रतिष्ठत टु ह्विलर ब्रान्ड रोयल इन्फिल्डलाई गुमाएको यो समुहले नेपाली बजारमा सबैभन्दा पहिले फक्सवागन, फोर्ड र निशान गाडीलाई समेत भित्राएको थियो । ती सबै ब्रान्ड गुमाएको यो समुहले अहिले पनि टु ह्विलर, थ्री ह्विलर, कमर्सियल भेहिकल, ट्रयाक्टर, हेभी इक्विपमेन्ट र टायर गरी कुल ७ वटा ब्रान्डका अटोमोबाइल उत्पादन आयत गरी कारोबार गरिरहेको छ ।

दुगडसंग अहिले टु ह्विलरमा अप्रिलिया र भेस्पा ब्रान्ड रहेको छ भने थ्रि ह्विलरमा पियाजिओ छ । भेष्पा र अप्रिलिया समेत पियाजिओ ग्रुप मातहतकै उत्पादन हुन् । भेष्पा र अप्रिलियालाई डि लाइफ स्टायलबाट खोसेर आफु मातहत ल्याएको दुगडले आफूसंग भएको पुरानो ब्रान्ड निशान र रोयल इन्फिल्डलाई भने जोगाउन सकेन ।

यो समुहले महिन्द्रा ब्रान्डको कमर्सियल भेहिकल र हेभी इक्विपमेन्ट तथा टाटा हिटाची ब्रान्डको हेभी इक्विपमेन्ट समेत आयत गरी कारोबार गर्दै आइरहेको छ । टाटा हिटाचीलाई उसले २ बर्षअघि सिप्रद्धीबाट आफू मातहत ल्याएको हो ।

यसैगरी जोन डियर ट्याक्टरको बितरकका रुपमा समेत यहि समुहले काम गरिरहेको छ । यो समुहले केही समय अघिमात्र बिकेटी टायरको डिलरसिप समेत आफू मातहत लिएको छ । विशाल ग्रुप समेत संलग्न भएको विकेटी टायरलाई दुगडले लिएपछि यसको वदलामा सो ग्रुपले रोयल इन्फिल्ड खोस्न लागेको चर्चा समेत चलेको भएपनि अन्तिम समयमा आएर अटोमोबाइल व्यवसायमा कुनै अनुभव नभएको त्रिबेणी समुहले सो बाइकको डिलरसिप लिएको हो ।

सम्बन्धित समाचारहरू

भेस्पा र अप्रिलिया स्कुटरमा मनसुन स्किम : अगस्ट महिनामा स्कुटर किन्दा यस्तो छ छुट

भेस्पा र अप्रिलिया स्कुटरमा मनसुन स्किम : अगस्ट महिनामा स्कुटर किन्दा यस्तो छ छुट

काठमाडौं – भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

अप्रिलिया एसएक्सआर अब १२५ सीसीमा आउने

अप्रिलिया एसएक्सआर अब १२५ सीसीमा आउने

इटालियन कम्पनी पियाजियोले नयाँ स्कुटर अप्रिलिया एसएक्सआर १२५ को लागि...

डिज्नीको एनिभर्सरीमा भेस्पाको कमाल, ल्यायो मिक्की माउस भेरिएन्ट

डिज्नीको एनिभर्सरीमा भेस्पाको कमाल, ल्यायो मिक्की माउस भेरिएन्ट

भेस्पाले मिक्की माउस भेरिएन्ट लन्च गर्नका लागि डिज्नी कम्पनीसँग साझेदारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...