टाटा मोटर्सद्वारा २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी
टाटा मोटर्सले सन् २०२६ मा तीन नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने तयारी...
यसअघि म्यनुअल ट्रान्समिसनमा मात्र उपलब्ध अल्ट्रोजलाई टाटा मोटर्सले अटोमेटिक भेरियन्टमा समेत लन्च गरेको छ । यो प्रिमियम ह्याचब्याक कारमा डुअल क्लच ट्रान्समिसन दिइएको हो । जुन यसअघिको म्यानुअल भेरियन्ट भन्दा निकै नै पावरफुल हुने दाबी गरिएको छ । यो नयाँ भेरियन्टको मूल्य ८ लाख १० हजार भारु निर्धारण गरिएको छ ।
अल्ट्रोज डीसीए ४५ पेटेन्ट गरिएको नयाँ प्रविधि र प्लानेटरी गियर सिस्टम भएको विश्वको पहिलो कार हो । भारतको प्रिमियम र सुरक्षित ह्याचब्याकको डीसीए भेरिएन्ट धेरै फिचरले सुसज्जित छ । सो कारले मारुती सुजुकीको बलेनोसँग प्रतिस्पर्धा गर्नेछ ।
सो कारमा एक्टिभ कुलिङ टेक्नोलोजी, मेसिन लर्निङ, सिफ्ट बाई वायर टेक्नोलोजी, सेल्फ–हिलिंग मेकानिजम र अटो पार्क लक सिस्टम भएको वेट क्लच समावेश छ । अल्ट्रोज डिसीए १.२ लिटर रेभोट्रोन पेट्रोल इन्जिनसँग जोडिएको छ । यो ४ भेरिएन्ट एक्सएम प्लस, एक्सटी, एक्सजेड र एक्सजेड प्लसमा उपलब्ध छ ।
अल्ट्रोज डिसीए नयाँ ओपेरा ब्लू कलरमा लन्च गरिएको छ । यसको साथै अल्ट्रोज डिसीए डाउनटाउन रेड, आर्केड ग्रे, एभिन्यू ह्वाइट र हार्बर ब्लू कलरमा पनि उपलब्ध छ ।
सो कारमा प्रिमियम लेदर सिट, अटो हेडल्याम्प, हरमन ७ इन्चको टचस्क्रिन, ७ इन्चको टीएफटी डिजिटल क्लस्टर, रियर एसी भेन्ट र आईआरए कनेक्टेड कार टेक्नोलोजी जस्ता एड्भान्स फिचर उपलब्ध छ ।
सो कारमा नयाँ ६ स्पिड ड्युअल क्लच गियरबक्स मात्र १.२ लिटर, ३ सिलिन्डर, नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनमा पेश गरिएको छ, ८६ एचपीको पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ । यद्यपि यो म्यानुअल भेरिएन्टको तुलनामा लगभग २० किलोग्राम भारी छ ।
टाटा मोटर्सले सन् २०२६ मा तीन नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने तयारी...
काठमाडौं – ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै नेपालका लागि टाटा...
टाटा मोटर्सले २०२६ टाटा पन्च फेसलिफ्ट सार्वजनिक गरेको छ। जनवरी १३ मा मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...