झापाको दमकमा खुल्यो महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम र सर्भिस सेन्टर

अग्नि ग्रुपले हालै दमकको क्यापस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको आधिकारिक पूर्ण सुविधा सम्पन्न शोरुम हो । सो शोरुम तथा वर्कशपको उद्घाटन अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्थानिय व्यवसायी र सरकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा गरेक हुन् ।

दमक र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले बताएको छ ।

शोरुमले महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, यवो र नोभो आदिको ग्राहकलाई बिक्री तथा सेवाका साथै सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने अग्नि ग्रुप दमकका शाखा प्रमुख कौशल शाहले जानकारी दिएका छन् ।

यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरू ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषि कर्मीलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा अब ट्रक र बस सेगमेन्टमा पनि, एसएमएल इसुजुमा साझेदार बन्ने तयारी

महिन्द्रा अब ट्रक र बस सेगमेन्टमा पनि, एसएमएल इसुजुमा साझेदार बन्ने तयारी

महिन्द्राले यात्रुवाहक सवारी साधन खण्डमा एसयूभी प्रदान गर्दै आइरहेको छ र...

७० दिनमा १० हजार ग्राहकले पाए महिन्द्राका दुई नयाँ ईभी, नेपालमा रोड टेष्ट चल्दै

७० दिनमा १० हजार ग्राहकले पाए महिन्द्राका दुई नयाँ ईभी, नेपालमा रोड टेष्ट चल्दै

महिन्द्राले आफ्नो दुई नयाँ ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको ७० दिन...

महिन्द्राका एक्सयूभी ७०० र एक्सयूभी ३०० अब इटहरीमा पनि

महिन्द्राका एक्सयूभी ७०० र एक्सयूभी ३०० अब इटहरीमा पनि

काठमाडौँ – सुनसरीको इटहरीमा महिन्द्रा एण्ड महिन्द्राको आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...