अशोक लेल्यान्डको मेघा सर्भिस क्याम्प शुरु, स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुटको व्यवस्था

अशोक लेल्यान्ड गाडाीको नेपालका लागि आधिकारिक बितरक आइएमई मोटर्सले देशभर रहेका आफ्ना १५ वटा सर्भिस सेन्टरमा ‘मेघा सर्भिस क्याम्प २०२२’ शुरु गरेको छ । आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनयर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक राजन रोक्का र प्राइम यातायातका श्री श्रेष्ठको साथै अन्य यातायात क्षेत्रका बिशिष्ट व्यक्तिहरुको उपस्थितीमा आज एक कार्यक्रमको अयोजना गरी सो क्याम्पको उद्घाटन गरिएको हो ।

उक्त क्याम्पमा अशोक लेल्यान्ड ब्रान्डका गाडीको सर्भिसिङ गराउँदा ग्राहकले स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्ट्समा १२ प्रतिशतसम्म र लेबर चार्जमा ३० प्रतिशतसम्म छुट पाउनुको साथै ४५ पोइन्टको निशुल्क चेकजाँच गरिने कम्पनीले बताएको छ । यस योजनामा सहभागी भएर ग्राहकले बिभिन्न आकर्षक उपहारको साथै गाडी वासिङ, टिसर्ट, १ लिटरसम्मको इन्जिन आयल र कुलेन्ट निशुल्क पाउनेछन् ।

यो अफर अशोक लेल्यान्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेहिकलको कुनै पनि मोडलका गाडीमा लागु हुने बताइएको छ । सुरक्षित गाडिका लागि जेन्यूइन पार्ट्स प्रयोग गरौ भन्ने नाराका साथ शुरु भएको यो योजना चैत्र ११ गतेसम्म लागु हुनेछ ।

सम्बन्धित समाचारहरू

७० प्रतिशत फाइनान्स सहित थाइल्यान्ड टुर सम्मको दोस्त पिकअप खरिदमा अफरै अफर

७० प्रतिशत फाइनान्स सहित थाइल्यान्ड टुर सम्मको दोस्त पिकअप खरिदमा अफरै अफर

काठमाडौं – नेपालमा अशोक लेल्यान्ड दोस्त पिकअप बिक्रीवितरण गर्दै आइरहेको...

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट आइएमई माेटर्स सम्मानित

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट आइएमई माेटर्स सम्मानित

काठमाडौँ – आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा...

‘सर्भिस सम्राट २०२५’ को ग्रान्ड फिनाले गर्दै अशोक एलटी इन्जिनियरिङ सर्भिसेज

‘सर्भिस सम्राट २०२५’ को ग्रान्ड फिनाले गर्दै अशोक एलटी इन्जिनियरिङ सर्भिसेज

काठमाडौं – आईएमई ग्रुपको गौरवपूर्ण संस्था अशोक एलटी इन्जिनियरिङ सर्भिसेज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...