कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि

हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन् । गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबल फोर्ड अंकका साथ उपाधि जितेका हुन् । ११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक भएपनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन् ।

काउन्ट ब्याकमा कृष्णले २१ अंक जोडेका थिए भने बाबुले २० अंक जोडेका थिए । बाबु प्रतियोगिताको उपविजेता बने । नेपाल पुलिसका एसएसपी अशोक सिंहले तेस्रो स्थान हासिल गरेका छन् । अशोकले ४२ अंकजोडेका थिए ।

बेस्ट ग्रसमा टासी दोङ, टासी छिरिङ र वाङचेन धोन्डुपले समान ३६ अंक जोडे पनि काउन्ट ब्याकमा टासी दोङले बेस्ट ग्रसको उपाधि पाएका थिए । काउन्ट ब्याकमा दोङले १९ अंक जोडेका थिए भने छिरिङ र धोन्डुपले समान १७ अंक जोडेका थिए ।

३९ अंक जोड्दै मेजर जनरल नरेन्द्र रावलले ६० वर्षमाथि उमेर समूहको उपाधि जितेका छन् । महिलातर्फको उपाधि भने प्रतिभा राईले जितिन् । राईले ३८ अंक जोडेकी थिइन् । हुन्डाई कार वनर्स स्पर्धामा श्याम सिम्खडाले ३७ अंक जोड्दै उपाधि जितेका छन् । त्यस्तै, लङ्गेस्ट ड्राइभको उपाधि दावा जे शेर्पाले जितेका छन् ।

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोजना गरेको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । बिजेताहरुलाई लक्ष्मी ग्रुपका चेयरम्यान गणेश बहादुर श्रेष्ठ, नेपालका लागी दक्षिण कोरियका राजदुत र गोकर्ण गल्फ क्लबका चेयरम्यान सुह्रिद घिमिरेले ट्रफी र पुरस्कार बितरण गरेका थिए ।

सम्बन्धित समाचारहरू

नाइमालाई लक्ष्यित गरी हुन्डाईले ल्यायो नयाँ अफर, भियतनाम भ्रमण र अन्य धेरै सुविधा

नाइमालाई लक्ष्यित गरी हुन्डाईले ल्यायो नयाँ अफर, भियतनाम भ्रमण र अन्य धेरै सुविधा

काठमाडौं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

हुन्डाई क्रेटा ईभीको टेक्नोलोजी, फिचर र सेफ्टी फिचर सार्वजनिक

हुन्डाई क्रेटा ईभीको टेक्नोलोजी, फिचर र सेफ्टी फिचर सार्वजनिक

हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी इलेक्ट्रिक क्रेटा लन्च गर्ने...

जुन १६ मा लन्च हुँदैछ नयाँ हुन्डाई भेन्यु : यस्तो हुनेछ विशेषता

जुन १६ मा लन्च हुँदैछ नयाँ हुन्डाई भेन्यु : यस्तो हुनेछ विशेषता

हुन्डाईको सबैभन्दा लोकप्रिय सानो साइजको एसयूभी भेन्युको अपडेट भर्सन लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...