फच्र्युनरसँग प्रतिस्पर्धा गर्न जिपको नयाँ एसयूभी मार्च २९ मा लन्च हुने

जिपको नयाँ थ्री रो एसयूभी जिप मेरिडियन मार्च २९ मा ग्लोबल लन्च हुने भएको छ, साथै भारतमा यसै वर्षको मे महिनामा सो एसयूभी बिक्रीका लागि उपलब्ध हुनेछ । मेरिडियन कम्पास एसयूभीमा आधारित छ ।

जिप मेरिडियन सात–सीटर जिप कम्पासको इन्डिया स्पेसिफिक भर्सन हो । भारतमा यसको मूल्य २५ लाखदेखि ३५ लाख भारुसम्म हुने अनुमान गरिएको छ । लन्च भएपछि यसले टोयोटा फच्र्युनर, एमजी ग्लोस्टर र स्कोडा कोडियाकसँग प्रतिस्पर्धा गर्नेछ ।

जिप मेरिडियन एसयूभी जिप कम्पासको स्टाइल जस्तै हुनेछ । यसमा सात स्ल्याट फ्रन्ट ग्रिल, एलईडी हेडल्याम्प, एकीकृत एलईडी डेटाइम रनिङ लाइट, एलईडी फगल्याम्प, बडी क्ल्याडिङ, रूफ रेल, पानोरामिक सनरुफ, एलईडी टेललाइट, रियर वाइपर र वाशर, इन्टिग्रेटेड रियर स्पोइलर समावेश हुनेछ । एसयूभीमा १७ इन्चको अलोय ह्विल पाउने अपेक्षा गरिएको छ ।

जिप मेरिडियनको इन्टेरियर ड्यासबोर्डमा प्रिमियम सफ्ट–टच सामग्री हुने अपेक्षा गरिएको छ । जिपको यू–कनेक्टमा १०.२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा रिमोट कमाण्ड, जियोफेन्सिङ, ओटीए अपडेट, टोविङ जानकारी जस्ता फिचर हुनेछ । दोस्रो र तेस्रो पंक्तिमा छिटो चार्ज गर्नका लागि छुट्टाछुट्टै एसी भेन्ट र यूएसबी स्लट हुने अपेक्षा गरिएको छ ।

जिप मेरिडियनमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन जडान गरिने अनुमान गरिएको छ । जसले १७० बीएचपी पिक पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यसमा क्रिसलरले प्रयोग गरेको २.४ लिटर टाइगरशार्क ४ सिलिन्डर नेचुरली एस्पिरेटेड मल्टिएयर आईआई डिजेल इन्जिन पनि हुने अनुमान गरिएको छ । सो इन्जिनले १८४ बीएचपी पावर र २४३ एनएम टर्क उत्पादन गर्न सक्षम छ ।

जिप मेरिडियन एसयूभीमा ट्रान्समिशन विकल्पमा ६ स्पिड म्यानुअल गियरबक्स र ९ स्पिड अटोमेटिक युनिट समावेश हुनेछ । जिप मेरिडियन एसयूभी ४×२ र ४×४ ड्राइभट्रेन कन्फिगरेसनमा उपलब्ध हुने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा १ वर्षअघि नै भित्रिएको जीप ग्रान्ड चेरोकी अब भारतमै एसेम्बल हुने

नेपाली बजारमा १ वर्षअघि नै भित्रिएको जीप ग्रान्ड चेरोकी अब भारतमै एसेम्बल हुने

जीपले ग्रान्ड चेरोकीलाई भारतमै एसम्बल गर्ने भएको छ । अमेरिकन आइकनिक...

आयो नयाँ जिप कम्पास ट्रेलहक, बन्यो अझै अफरोड ड्राइभिङमैत्री

आयो नयाँ जिप कम्पास ट्रेलहक, बन्यो अझै अफरोड ड्राइभिङमैत्री

जिप इन्डियाले भारतीय बजारमा जिप कम्पास ट्रेलहक लन्च गरेको छ । केही दिन...

चांगनका गाडी किन्दा २ लाख ५० हजार सम्म छुट, एक्सचेन्ज गर्दा १ लाख सम्म टपअप

चांगनका गाडी किन्दा २ लाख ५० हजार सम्म छुट, एक्सचेन्ज गर्दा १ लाख सम्म टपअप

काठमाडौं – नेपालका लागि चांगन अटोको आधिकारिक वितरक एमएडब्लु वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...