क्रेटालाई टक्कर दिन आउँदैछन् यी ५ नयाँ एसयुभी

बजारमा अहिले सबैभन्दा बढी माग भएको सेग्मेन्ट हो मिडसाइज एसयुभी । यो सेग्मेन्टमा अहिले हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुसाक, फक्सवागन टाइगुन, महिन्द्रा एक्सयुभी ३००, निशान किक्स लगायत अन्य केही ब्रान्डका एसयुभीहरुको समेत कारोबार भैरहेको छ । जसमध्ये क्रेटाले सर्बाधिक लोकप्रियता कमाइरहेको छ ।

क्रेटालाई टक्कर दिन भारतमा बिभिन्न ५ ब्रान्डले यो सेग्मेन्टमा नयाँ एसयुभी ल्याउने तयारी थालेका छन् । जसमध्ये टाटाले नेक्सनमा आधारित कुपे स्टायलको ब्ल्याकबर्ड एसयुभी ल्याउन लागेको जनाइएको छ । यो एसयुभी हाल कारोबार भैरहेको नेक्सन र ह्यारियरको बिचमा रहनेछ । टाटा मोटर्सले यसलाई नेक्सनमा प्रयोग गरिएको एक्स १ प्लेटफर्ममा उत्पादन गर्ने जनाएको छ । जुन इलेक्ट्रिक र कम्वस्टन इन्जिन दुबै भर्सनमा उपलब्ध हुनेछ । कम्वस्टन इन्जिनमा यो १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटरकै टर्बो डिजेलमा उपलब्ध हुन सक्ने अनुमान लगाइएको छ ।

त्यसैगरी मारुती सुजुकीले टोयोटासंगको सहकार्यमा उत्पादन गर्न गैरहेको अर्को नयाँ एसयुभीलाई कम्पनीले वाइएफजी कोडनेम दिएको छ । यो नयाँ एसयुभीले हाल कारोबार भैरहेको एस क्रस मोडललाई प्रतिस्थापन गर्ने बताइएको छ । टोयोटाको ‘डाइहत्सु न्यू ग्लोवल आर्किटेक्चर’मा आधारित भई उत्पादन हुने भनिएको यो एसयुभीलाई सुजीकीले १.५ लिटर हाइब्रिड पावरट्रेनमा ल्याउन सक्ने अनुमान लगाइएको छ ।

यो सेग्मेन्टमा टोयोटाले समेत नयाँ एसयुभीलाई बजारमा उतार्ने योजना वनाएको छ । जसको कोडनेम डी २२ दिइएको छ । हाल कारोबार भैरहेको रेज एसयुभीकै हाराहारीमा रहने अनुमान लगाइएको यो नयाँ एसयुभी समेत हाइब्रिड पावरटे«नका साथ आउन सक्ने अनुमान गरिएको छ ।

महिन्द्राले ७ सिटर एक्सयुभी ५०० लाई ५ सिटरमा उतारेर क्रेटासंग प्रतिस्पर्धा गर्ने योजना बनाएको छ । यो नयाँ एसयुभीलाई उसले एक्सयुभी ३०० को परिस्कृत प्लेटफर्ममा आधारित भई निर्माण गर्ने भएपनि नाम भने एक्सयुभी ५०० नै राख्न सक्ने अनुमान लगाइएको छ । यो नयाँ एसयुभी डिजेल र पेट्रोल दुबै इन्जिनमा उपलब्ध हुनेछ ।

फ्रेन्च अटो निर्माता रेनोले अघिल्लो बर्षदेखी बन्द गरेको रेनो डस्टरलाई नयाँ डिजाइनका साथ पुन बजारमा ल्याउने बताएको छ । यो नयाँ एसयुभी थर्ड जेनेरेशनको हुने र यसमा सिएमएफ–बी प्लेटफर्म प्रयोग हुने रेनोले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ डिजाइन र प्रविधिसहित टाटाको सिएरा एसयूभी पुनरागमनको तयारी

नयाँ डिजाइन र प्रविधिसहित टाटाको सिएरा एसयूभी पुनरागमनको तयारी

टाटा मोटर्सले आफ्नो प्रसिद्ध मोडल सिएरालाई पुनः प्रस्तुत गर्ने तयारी...

टाटाको बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ह्यारियर ईभी लन्च

टाटाको बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ह्यारियर ईभी लन्च

टाटा मोटर्सले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक एसयूभी ‘टाटा ह्यारियर...

देशभरका टाटा शोरुममा अफर नै अफरसहित ‘प्रि-फेस्टिभ फियस्टा’ सुरु

देशभरका टाटा शोरुममा अफर नै अफरसहित ‘प्रि-फेस्टिभ फियस्टा’ सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...