रेनो क्विडको २०२२ मोडल सार्बजनिक, नयाँ भेरियन्ट आरएक्सएल(ओ) भयो थप

फ्रेन्च अटो निर्माता रेनोले क्विडको २०२२ मोडललाई भारतीय बजारमा सार्बजनिक गरेको छ । इन्ट्रि लेभल ह्याचब्याकमा लोकप्रिय बनिरहेको क्विडलाई रेनोले सन् २०१५ मा पहिलोपटक लन्च गरेपछि सन् २०१९ मा फेसलिफ्ट मोडल ल्याएको थियो । हाल सार्बजनिक गरिएको नयाँ मोडलमा केहीमात्र कस्मेटिक अपडेट गरिएको छ । जसको सुरुवाती मूल्य ४ लाख ४९ हजार भारु निर्धारण गरिएको छ ।

रेनोले यो मोडलमा नयाँ भेरियन्ट समेत थप गरेको छ । यसअघि उपलब्ध नभएको आरएक्सएल(ओ) भेरियन्टलाई थप गरिएको र यो हाल कारोबार भैरहेको आरएक्सएल र आरएक्सटीको विचको भेरियन्ट भएको जनाइएको छ । यसको मूल्य ४ लाख ७४ हजार र ४ लाख ८४ हजार भारु निर्धारण गरिएको छ ।

८ सय र १ हजार सिसी सेग्मेन्टमा उलब्ध यो नयाँ मोडलमा रेनोले ड्रइभर साइड सिट बेल्ट प्रि–टेन्सर र लोड लिमिटरलाई थप गरेको छ । त्यसैगरी यसको क्लाइम्बर मोडलमा नयाँ डुअल टोन कलर अप्सन दिइएको छ । यो कारमा ८ इन्चको टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, भ्वाइस कमान्ड, एलइडी डिआरएल, इलेक्ट्रिकल्ली फोल्डिङ ओआरभिएमएस, रिभर्स पार्किङ क्यामेरा लगायत अन्य थुप्रै फिचर्स दिएको छ ।

डुअल एयरब्याग, एबिएस, इबिडी सिट बेल्ट रिमाइन्डर र रिभर्स पार्किङ जस्ता सेफ्टि फिचर्स दिइएको यो नयाँ मोडलको इन्जिन र पावरट्रेन भने पुरानैलाई कायम गरिएको छ ।

क्विड नेपाली बजारमा समेत निकै नै रुचाइएको इन्ट्रि लेभल ह्याचब्याक कार हो । नेपाली बजारमा यसको १ हजार सिसी सेग्मेन्ट मात्र उपलब्ध रहँदै आएको छ । जसको मूल्य २५ लाख ४९ हजारदेखी २७ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

निसान र रेनो मिलेर भारतमा बनाए २५ लाख कार

निसान र रेनो मिलेर भारतमा बनाए २५ लाख कार

निसान र रेनोको सहकार्यमा भारतमा १३ वर्षभित्र २५ लाख कार उत्पादन भएका छन् ।...

रेनोको सवै मोडलमा नयाँ इन्जिन, क्विडमा थपियो नयाँ भेरिएन्ट

रेनोको सवै मोडलमा नयाँ इन्जिन, क्विडमा थपियो नयाँ भेरिएन्ट

फ्रेन्च अटो निर्माता रेनोलो भारतमा उत्पादन गर्दै आइरहेको क्विड, काइगर र...

निसानको सम्पूर्ण स्वामित्व किन्दै रेनो, अटोमोबाइल क्षेत्रमा ठूलो परिवर्तन ल्याउने

निसानको सम्पूर्ण स्वामित्व किन्दै रेनो, अटोमोबाइल क्षेत्रमा ठूलो परिवर्तन ल्याउने

रेनो ग्रुपले ३१ मार्चमा रेनो निसान अटोमोटिभ इन्डिया प्राइभेट लिमिटेडमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...