नेपाली बजारमा १ वर्षअघि नै भित्रिएको जीप ग्रान्ड चेरोकी अब भारतमै एसेम्बल हुने

जीपले ग्रान्ड चेरोकीलाई भारतमै एसम्बल गर्ने भएको छ । अमेरिकन आइकनिक ब्रान्ड जीपको यो अफ रोडर एसयुभी नेपाली बजारमा भने १ बर्षयता कारोबार भैरहेको छ । अमेरिकाबाट आयत गरि ल्याइएको यो प्रिमियम एसयुभीलाई नेपालका उद्योगपति, व्यवसायी र उच्च घरनाका व्यक्तिहरुले रुचाइरहेका छन् । ग्रान्ड चेरोकीले अटोमोबाइलको इतिहासमा सर्बाधिक अवार्ड जित्न सफल एसयुभीका रुपमा समेत पहिचान बनाएको छ ।

यसै बर्षको अन्त्यसम्ममा सार्बजनिक गरिसक्ने लक्ष्य लिइएको यसको हाल भारतीय सडकमा परिक्षण भैरहेको छ । भारतमा -यांगलर, कम्पास र थ्रि रो मेरिडियनको एसेम्वल गरिरहेको जीपले चेरोकीलाई नर्थ अमेरिकापछि पहिलोपटक भारतमा एसेम्बल गर्न लागेको हो ।

भारतमा यसको स्ट्यान्डर्ड भेरियन्टलाई मात्र एसेम्बल गरिने जीपले जनाएको छ । ५ सिटर यो एसयुभीमा १०.१ इन्चको सेन्ट्रल टचस्क्रिन एन्फोटेन्मेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट स्क्रिनको साथै अगाडी बस्ने यात्रुको अगाडी समेत बिशेष प्रकारले निर्माण गरिएको टचस्क्रिन उपलब्ध हुनेछ । यो एसयुभी पानारोमिक सनरुफ, भेन्टिलिटेड फ्रन्ट सिट र हेड अप डिस्प्ले जस्ता अत्याधुनिक फिचर्ससहित बजारमा आउनेछ ।

यो एसयुभीमा जीपले ८ स्पिड अटोमेटिक गियरबक्स सहितको २.० लिटर टर्बो पेट्रोल जडान गर्ने बताएको छ । जसको अधिकतम पाव र टर्क भने हालसम्म सार्बजनिक गरिएको छैन । नेपाली बजारमा उपलब्ध ग्रान्ड चेरोकीमा ३.० लिटर पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २४७ बिएचपी र टर्क ६७० एनएम रहेको छ । नेपाली बजारमा यसको स्ट्यान्डर्ड भेरियन्टको मूल्य २ करोड ५९ लाख ९० हजार र लिमिटेडको २ करोड ८३ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

फेस्टिभल सिजनमा हटकेक बन्दै छन् यी कार : सर्बाधिक लोकप्रिय बन्ने अपेक्षा

फेस्टिभल सिजनमा हटकेक बन्दै छन् यी कार : सर्बाधिक लोकप्रिय बन्ने अपेक्षा

नेपालमा फेस्टिभल सिजन सुरुवात भएसँगै सवारी बजारको मुख्य सिजन समेत शुरु...

१० लाख डाउन पेमेन्टमा स्कोडा कुशाक, ७० प्रतिशत सम्म फाइनान्स अफर

१० लाख डाउन पेमेन्टमा स्कोडा कुशाक, ७० प्रतिशत सम्म फाइनान्स अफर

काठमाडौं – नेपाली बजारमा उपलब्ध स्कोडाको लोकप्रिय एसयूभी कुशाक १० लाख...

जनवरी २०२२ मा नयाँ स्कोडा कोडियाक लन्च हुने

जनवरी २०२२ मा नयाँ स्कोडा कोडियाक लन्च हुने

स्कोडाले आगामी जनवरी २०२२ मा अपडेटेड कोडियाक ७ सिटर एसयूभी लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...