सन्दर्भ विश्व श्रमिक दिवस : विद्युतीय सवारीका कारण लाखौ मेकानिक्स बन्दै छन् कामविहीन
विश्व अटो उद्योगको भविष्य विद्युतीय सवारीमा छ। अमेरिकी राष्ट्रपति जो...
ललितपुरमा कार्यरत बाइक मेकानिक्सहरुको संगठन श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघले संघका सदस्य राजेश चौधरीलाई आर्थिक सहयोग गरेको छ । ललितपुरको भैसेपाटीमा अवस्थित चौधरीको वर्कशप ‘महाकाली मोटरसाइकल वर्कशप’ मा केही दिन पहिले आगलागीका कारण क्षति पुग्नुका साथै ५ वटा बाइक र अन्य सामग्री जलेर नष्ट भएका थिए ।
संघका अध्यक्ष राजकुमार बिकेले चौधरीलाई आइतबार सो सहयोग रकम हस्तान्तरण गरे । संघका सदस्यहरुबाट सो रकम संकलित भएको थियो ।
सो अवसरमा चार पांग्रे सवारी साधन मर्मत कार्यमा संलग्न मेकानिक्स र व्यवसायीहरुको संगठन नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जित र टीभीएस मोटरसाइकलको ललितपुरस्थित वितरक युनिराइड अटोका संचालक निर्मल सिग्देललागयतको उपस्थिति रहेको थियो ।
सो अवसरमा बक्ताहरुले आगामी दिनमा संघ र संघका सदस्यहरुलाई आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा अन्य कम्पनीका अतिथिहरु, संघका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।
विश्व अटो उद्योगको भविष्य विद्युतीय सवारीमा छ। अमेरिकी राष्ट्रपति जो...
काठमाडौं – सवारी साधनको फिटनेट परीक्षण गर्नका लागि काठमाडौंको टेकुस्थित...
काठमाडौं–जेसीबी उपकरणको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...