यस्तो छ भेस्पाको सबैभन्दा सस्तो स्कुटर नोट्टे १२५, मूल्य २ लाख ८३ हजार ९४६

इटालियन टु ह्विलर ब्रान्ड भेस्पा रेट्रो क्लासिक डिजाइनका स्कुटरको उत्पादनमा विश्व प्रख्यात मानिन्छ । स्कुटर सेग्मेनटमा प्रिमियम ब्रान्डको पहिचान बनाएको भेष्पाको नेपाली बजारमा ८ भेरियन्टका स्कुटर उपलब्ध छन् । जसको मूल्य २ लाख ८३ हजार ९४६ रुपैयाँ देखी ४ लाख २३ हजार ९४६ रुपैयाँसम्म निर्धारण गरिएको छ ।

भेष्पाको सबैभन्दा सस्तो र इन्ट्रले लेभल स्कुटर नोट्टे १२५ को मूल्य २ लाख ८३ हजार ९४६ रुपैयाँ निर्धारण गरिएको हो । १२५ सिसी क्षमताको इन्जिन जडित यसको अधिकतम पावर १०.५ पिएस र टर्क १०.६ एनएम रहेको छ । प्रति लिटर इन्धनको खपतमा यसले ४० किलोमिटर माथीको माइलेज दिने दाबी गरिएको छ ।

मोनोलग स्टिल चेसिस स्ट्रक्चरमा बनेको यो स्कुटरको दुबै चक्कामा ड्रम ब्रेक दिइएको छ । १७७० एमएम लामो यो स्कुटर ६९० एमएम चौडा र ११४० एमएम अग्लो छ । यसमा ७ लिटर इन्धन अट्ने फ्युल ट्यांक जडान गरिएको छ । १२९० एमएम ह्विलबेश दिइएको यो स्कुटरको ग्राउन्ड क्लिरियन्स भने १५५ एमएम मात्र रहेको छ ।

मूल्य कम गर्न कम्पनीले यसमा कुनै पनि लाइट एलइडी दिएको छैन । यसको हेडलाइट हेलोजन तथा टेल लाइट र टर्न ल्याम्पमा सामान्य बल्ब राखिएको छ । यसमा ५ एम्पियर आवर क्षमताको ब्याट्री दिइएको छ भने दुबै चक्कामा ट्युबलेस टायर जडान गरिएको छ । यसको इन्स्ट्रुमेन्ट कन्सोल पूर्णत एनालग प्रबिधीको छ । जहाँबाट स्पिड, सयम र फ्युलको अबस्थाका बारेमा जानकारी लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो पियाजियो वान इलेक्ट्रिक स्कुटर

अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो पियाजियो वान इलेक्ट्रिक स्कुटर

केही दिन पहिले बेइजिङ मोटर शोमा सार्वजनिक गरिएको पियाजियोको इलेक्ट्रिक...

रोयल इन्फिल्ड गुमाएको एमभी दुगड समुहसंग छ अझै ७ वटा अटोमोवाइल ब्रान्ड

रोयल इन्फिल्ड गुमाएको एमभी दुगड समुहसंग छ अझै ७ वटा अटोमोवाइल ब्रान्ड

नेपालको सबैभन्दा पुरानो व्यवसायिक घराना मध्येको एक एमभी दुगड समुह...

भेस्पा र एप्रिलिया स्कुटर किन्दा नगद छुटको साथै वम्परमा १० लाख उपहार

भेस्पा र एप्रिलिया स्कुटर किन्दा नगद छुटको साथै वम्परमा १० लाख उपहार

काठमाडौं —भेस्पा र एप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...