आइएमई मोटर्सले ग-यो एकै साथ दुई शाखा सुरुवात, ग्राहकको साथमा रहने प्रतिवद्धता

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा समुद्घाटन गरेको छ । कटारी बजार नजिक दुधौली नगरपालिकाको सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिकास्थित सोरुमको एक कार्यक्रम बीच समुद्घाटन गरिएको हो । सुविधा सम्पन्न शाखाबाट अशोक लेल्यान्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध हुने जानकारी दिइएको छ ।

शाखाको समुदघाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेल्यान्डका रिजनल हेड तन्मय मित्रका साथै सो क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी गरिएको हो ।

उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष ढकालले भने , ‘अशोक लेल्यान्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्रान्ड भएकोले यसमा लगानी गर्नु फाइदाजनक हुन्छ ।’ उनले यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेल्यान्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता व्यक्त गरे ।

सोही कार्यक्रममा अशोक लेल्यान्ड भारतका रिजनल हेड तन्मय मित्रले अशोक लेल्यान्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेल्यान्डको आक्रामक बजार विस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको बताएको छ ।

आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले ट्रक टिप्पर, स्कुल बस सहित साना तथा ठुला कमर्सियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।

समुद्घाटन गरिएको सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखा बाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पाटर््सको सुविधा पनि दिदै आएको कम्पनीले जनाएको छ । .

सम्बन्धित समाचारहरू

आईएमई मोटर्ससँग जोडिएर ढुक्क रहन सीईओ हेमन्त पुरानिकको आग्रह

आईएमई मोटर्ससँग जोडिएर ढुक्क रहन सीईओ हेमन्त पुरानिकको आग्रह

हेमन्त पुरानिक आईएमई मोटर्सका सीईओ अर्थात प्रमुख कार्यकारी अधिकृत हुन् ।...

आइएमई मोटर्सको जितपुर र नवलपरासीमा शाखा समुद्घाटन

आइएमई मोटर्सको जितपुर र नवलपरासीमा शाखा समुद्घाटन

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा...

आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

काठमाडौँ – आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...