स्कोडाको नयाँ सोरुम खुल्यो पोखरामा

पोखरा – स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले हालै पोखरामा स्कोडा कार र एसयुभीको विक्रीवितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो ।

एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन् ।

देशभर स्कोडा कारको उपलब्धतता सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । यसैअनुरुप एमएडब्लुले पोखरामा युरोपियन मापदण्डको नयाँ सोरुम स्थापना गरेको बताइएको छ ।

सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले शोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना भएको बताए । ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रुपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पु¥याउन प्रतिबद्ध छौं,’ उनले भने ।

नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गरे । ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको जनाएको छ ।

पोखरामा सोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रमको आयोजना गरेको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा जिप -यांग्लरको लाइनअपमा थपियो जिप ग्लेडियटर

नेपाली बजारमा जिप -यांग्लरको लाइनअपमा थपियो जिप ग्लेडियटर

काठमाडौं – नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप...

डीप ब्ल्याक कलरमा आयो स्कोडा कुशाक र स्लाभिया

डीप ब्ल्याक कलरमा आयो स्कोडा कुशाक र स्लाभिया

स्कोडाले आफ्नो लोकप्रिय एसयुभी कुशाक र सेडान कार स्लाभियालाई नयाँ एडिसनमा...

यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

जिप इन्डियाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा जिप कम्पासको एनिभर्सरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...