होन्डा सिटीको हाइब्रिड भर्सन आउने

जापजिन अटो निर्माता होन्डाले सिटी सेडानको हाइब्रिड भर्सन भारतमै उत्पादन गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार हाल यो कारको उत्पादन शुरु हुने चरणमा रहेको छ । जसलाई कम्पनीले हालै लन्च गरिएको पाँचौ जेनेरेशन कम्वस्टन इन्जिन जडित होन्डा सिटीकै प्लेटफर्ममा उत्पादन गर्ने जनाइएको छ ।

सिटी हाइब्रिडमा दुइवटा इलेक्ट्रिक मोटर सहितको १.५ लिटरको पेट्रोल इन्जिन जडान हुने भएकोे छ । यसको संयुक्त पावर ११० पिएस र टर्क २५३ एनएम रहनेछ । २ वटा इलेक्ट्रिक मोटरमध्य एउटाले इन्टिग्रेटेड स्टार्टर जेनेरेटरको रुपमा काम गर्नेछ भने अर्कोलाई फ्रन्ट एक्सलमा कनेक्ट गरिनेछ ।

यो हाइब्रिड कारलाई चालकले इलेक्ट्रिक, पेट्रोल र हाइब्रिड मोडमा चलाउन सक्नेछन् । हाइब्रिड भर्सनमा आउने भएपछि यसको माइलेज र मूल्य समेत बढ्नेछ । सिटीकै प्लेटफर्ममा होन्डाले नयाँ एसयुभी आरएस कन्सेप्टलाई समेत बजारमा ल्याउने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

माइलेज ७०, वारेन्टी १० वर्ष

माइलेज ७०, वारेन्टी १० वर्ष

भारतमा हालै सार्वजनिक गरिएको होन्डाको नयाँ मोटरसाइकल साइन १०० चर्चित...

होण्डाले नेपाल ल्यायो नयाँ एड्भेन्चर टुरर मोटरसाइकल, यस्तो छ मूल्य र फिचर

होण्डाले नेपाल ल्यायो नयाँ एड्भेन्चर टुरर मोटरसाइकल, यस्तो छ मूल्य र फिचर

काठमाडौं– होण्डाको नयाँ एड्भेन्चर टुरर मोटरसाइकल ‘एनएक्स २००’ नेपाल आएको...

होन्डाले ल्यायो ४१२ किमी रेन्ज भएको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी

होन्डाले ल्यायो ४१२ किमी रेन्ज भएको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी

होन्डाले विश्व बजारमा नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ई–एनवाई १...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...