यस्तो देखियो नयाँ टोयोटा ग्लान्जा : नयाँ टिजर सार्वजनिक, १५ मार्चमा लन्च हुने

नयाँ टोयोटा ग्लान्जा चाँडै भारतमा लन्च हुने भएको छ । हालै कम्पनीले नयाँ टोयोटा ग्लान्जाको आधिकारिक टिजर सार्वजनिक गरेको छ । नयाँ टोयोटा ग्लान्जा अपडेटेड डिजाइन र नयाँ फिचरसहित लन्च गरिने छ ।

सो मोडल मारुती बलेनोमा आधारित छ, तर कम्पनीले यसमा बलेनो बाहेक धेरै परिवर्तन गरेको छ जसका कारण यो फरक देखिने भएको छ । कम्पनीले यसलाई १५ मार्च २०२२ मा भारतीय बजारमा लन्च गर्नेछ ।

नयाँ टोयोटा ग्लान्जामा नयाँ हेडलाइट युनिट, अपडेटेड डीआरएल, रिस्टाइल फ्रन्ट ग्रिल र फ्रन्ट टोयोटा ब्याज सहित नयाँ फ्रन्ट लुक समावेश गरिएको छ । साथै, रियरमा नयाँ एलईडी टेललाइट, नयाँ डिजाइन गरिएको बडी प्यानलहरू दिइएको छ । कारको इन्टेरियरमा नयाँ हेड अप डिस्प्ले युनिट, अपडेटेड इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, रिडिजाइन गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट्स आदि दिइएको छ ।

नयाँ टोयोटा ग्लान्जामा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, नयाँ रङको अपहोल्स्ट्री, बलेनो जस्तै ड्यासबोर्ड, नयाँ कन्ट्रोल बटन, नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर बटन, हेड अप डिस्प्ले, ३६० डिग्री क्यामेरा जस्ता फिचरहरू समावेश गरिएको छ ।

टोयोटा ग्लान्जामा १.२ लिटर ड्युअलजेट पेट्रोल इन्जिन दिन सकिन्छ, जसमा ५ स्पिड म्यानुअल गियरबक्स र एएमटी गियरबक्स रहेको छ । कम्पनीले यो मिड र टप भेरिएन्ट विकल्पमा मात्र उपलब्ध गराउने सम्भावना छ ।

कम्पनीले नयाँ टोयोटा ग्लान्जाको मूल्यको बारेमा केही आधिकारिक जानकारी दिएको छैन ।

सम्बन्धित समाचारहरू

२०३० सम्म टोयोटाले भारतमा १५ नयाँ मोडल लन्च गर्ने, बजार हिस्सा १० प्रतिशत पुर्याउने

२०३० सम्म टोयोटाले भारतमा १५ नयाँ मोडल लन्च गर्ने, बजार हिस्सा १० प्रतिशत पुर्याउने

टोयोटाले भारतका लागि एक प्रमुख र आक्रामक योजना बनाएको छ । जसअन्गर्तत, २०३०...

टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने

टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने

काठमाडौं – गरिमा विकास बैंक लिमिटेड र नेपालका लागि टोयोटा गाडीको...

माइल्ड हाइब्रिड सिस्टमसंगै इन्धन किफायती बनेर आयो टोयोटा फर्चूनर

माइल्ड हाइब्रिड सिस्टमसंगै इन्धन किफायती बनेर आयो टोयोटा फर्चूनर

टोयोटाको लोकप्रिय एसयूभी फर्चुनर हाईब्रिड भर्सनमा आएको छ । टोयोटाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...