हाइब्रिड इन्जिन र थप प्रिमियम सुविधासहित नयाँ पुस्ताको हुन्डाई क्रेटा २०२७ मा आउँदै
हुन्डाईले भारतीय बजारमा क्रेटा एसयूभीको नयाँ पुस्ता नयाँ फिचरसहित लन्च...
हुन्डाई इलान्ट्रा कम्पनीको वेबसाइटबाट हटाइएको छ । कम्पनीले सो कार बन्द गरेको हो वा होइन भन्ने जानकारी दिएको छैन । कतिपय डिलरले यसको लागि नयाँ बुकिङ नगरेको पनि जानकारी दिएका छन् ।
यो कम्पनीको सबैभन्दा कम बिक्री हुने मोडल हो र हाल चिपको अभावका कारण बन्द गरिएको हो । कम्पनीले यसको नयाँ पुस्ताको मोडलमा काम गरिरहेको र छिट्टै लन्च गर्ने अनुमान गरिएको छ । यसबारे कम्पनीले हालसम्म केही खुलाएको छैन ।
हुन्डाई इलान्ट्रा २ इन्जिनमा उपलब्ध छ, जसमा २.०–लिटर पेट्रोल इन्जिनले १५२ बीएचपी पावर र १९२ एनएम टर्क जेनेरेट गर्छ । दोस्रो इन्जिन १.६ लिटर डिजेल इन्जिन हो, जसले १२८ बीएचपी पावर र २६० एनएमको टर्क जेनेरेट गर्छ । दुवै इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्समा जोडिएका छन् ।
हुन्डाई इलान्ट्राको फ्युल ट्यांक क्षमता ५० लिटर छ । एआरएआई सर्टिफाइड पेट्रोलले १४.६ र डिजेलले २२.५ किमी प्रतिलिटर माइलेज दिने कम्पनी दावी गरेको छ । सो माइलेज दुबै म्यानुअल र अटोमेटिक इन्जिनको लागि हो ।
हुन्डाई इलान्ट्रामा १० तर्फी एडजस्टेबल ड्राइभर सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, टिल्ट र टेलिस्कोपिक स्टेयरिङ, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले, ग्लोभबक्स कुलिङ, वायरलेस फोन चार्जिङ, क्रुज कन्ट्रोल, फोल्ड गर्न मिल्ने ओआरभीएम, स्टेयरिङ माउन्टेड अडियो र कल कन्ट्रोल जस्ता फिचर रहेको छ । साथै यसमा मल्टिपल एयरब्याग, ईबीडी सहितको एबीएस, ड्राइभ मोड, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, गाडीको स्टेबिलिटी म्यानेजमेन्ट, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर रहेको छ ।
हुन्डाई इलान्ट्रामा स्पोर्टी अलोय ह्विल र टर्न सिग्नलसहित ओआरभीएम रहेको छ । रियर बम्परको दुबै छेउमा ¥याप अराउन्ड एलईडी टेललाइट र रिफ्लेक्टर दिइएको छ । यो सेग्मेन्टमा हुन्डाईको यो एक मात्र गाडी थियो र यो सेगमेन्टको घट्दो लोकप्रियताका साथै मोडलको बिक्रीको कमीका कारण बन्द गरेको अनुमान गरिएको छ ।
नेपाली बजारमा पनि यो गाडी बिक्रीका लागि उपलब्ध छैन । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हालै प्रकाशित गरेको नयाँ मूल्य सूचीमा पनि यसलाई सामेल गरिएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...