४ हजार वटा महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

पोर्चुगलको अजोर्ज द्वीप समूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानीजहाज डुबेको छ । झन्डै दुई साताअघि उक्त कार्गो जहाजमा आगलागी भएको थियो ।

फेलिसिटी एस नामक उक्त जहाजले पोर्श र बेन्ट्लीसहित झन्डै ४ हजार वटा कार बोकेको थियो । जर्मनीको बन्दरगाह एम्डेनबाट उक्त जहाज संयुक्त राज्य अमेरिकाको रोड आइल्यान्डका लागि हिँडेपछि त्यसमा आगो लागेको थियो । फेब्रुअरी १६ मा आगलागी भएपछि जहाजको चालकदलका सबै सदस्य र कर्मचारीलाई उद्धार गरिएको थियो ।

सबैभन्दा नजिकै रहेको फाइअल टापुको बन्दरगाहका प्रमुख जोआओ मेन्जिस काबेससले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार समुद्रमा तेल चुहिएको थाहा भएको छैन । यद्यपि उनले जहाजको इन्धन ट्याङ्कीमा क्षति पुगेको आशङ्का भएको बताए । पानीमा डुबेको जहाज आन्ध्र महासागरभित्र झन्डै ३ हजार ५ सय मिटर गहिराइमा पुगेको बताइएको छ ।

पोर्चुगलको जलसेनाले जहाजमा आगलागी हुँदा कोही पनि घाइते नभएको र सबै २२ कर्मचारीलाई उद्धार गरेर एउटा होटलमा लगिएको बताएको छ । जलसेना, सो क्षेत्रमा हिँडिरहेका चारवटा अन्य पानीजहाज र पोर्चुगलको वायुसेना उद्धारकार्यमा सहभागी भएका थिए ।

कारनिर्माता कम्पनी फक्सवागनका अनुसार उसले पठाएका कारको बीमा गरिएको थियो । रोएटर्सका अनुसार त्यसको कुल मूल्य १५.५ करोड डलर हाराहारी रहेको छ । डुबेको जहाजमा आफ्ना १८९ वटा कार भएको बेन्ट्लीले जनाएको छ भने पोर्शका अनुसार त्यसमा उसका १ हजार १ सय कार थिए । स्रोत : बिबिसी

सम्बन्धित समाचारहरू

शुरुवाती मूल्य ३२ लाख भारुमा फक्सवागनले लन्च गर्यो टिग्वान फेसलिफ्ट

शुरुवाती मूल्य ३२ लाख भारुमा फक्सवागनले लन्च गर्यो टिग्वान फेसलिफ्ट

जर्मन अटोमेकर फक्सवागनले आज भारतीय बजारमा २०२२ टिग्वान फेसलिफ्ट लन्च...

फक्सवागनको दशैं/ तिहार स्किम अब ३ दिनका लागि मात्र, ग्राहकले पाउनेछन् यस्तो सुबिधा

फक्सवागनको दशैं/ तिहार स्किम अब ३ दिनका लागि मात्र, ग्राहकले पाउनेछन् यस्तो सुबिधा

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेश्नल नेपालले...

जीडब्लुएमका तीन गाडी भित्रिए नेपालमा : विश्वकै सस्तो इलेक्ट्रिक कार ओरा आर१  समेत ल्याउने

जीडब्लुएमका तीन गाडी भित्रिए नेपालमा : विश्वकै सस्तो इलेक्ट्रिक कार ओरा आर१ समेत ल्याउने

काठमाडौं – ग्रेटवाल मोटर (जीडब्लुएम) कम्पनीले तीन मोडलका गाडी नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...