मासिक २० हजार किस्ताबन्दीमा केटीएम आरसी २००
नेपाली बजारमा उपलब्ध केटीएमका विभिन्न मोटरसाइकल मध्ये आरसी २०० पनि एक हो ।...
वीरगन्ज – वीरगन्जको गण्डकचोकमा प्रतिष्ठित ब्रान्ड केटीएम र हस्कभर्ना मोटरसाइकलको सोरुमको उद्घाटन भएको छ । किस्तामा समेत मोटरसाइकल उपलब्ध गराउने इनाया ट्रेडिङले सोरुम संचालन गरेको हो । केटीएम र हस्कभर्ना मोटरसाइकलको उद्घाटन कार्यक्रममा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, वीरेन्द्र यादव, समाजसेवी सलाउद्दिन अहमद र अन्य प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा करिमा बेगमले वीरगन्जमै केटीएम मोटरसाइकल पाउने भए पछि यसका लागि युवा पुस्ता हेटौंडा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको बताइन् ।

यस सोरुममा हाल ४ थरी मोडलका मोटरसाइकल उपलब्ध छन् । सोरुमका प्रोप्राइटर सहिद प्रवेजले युवाहरुको सपना साकार भएको र किस्तामा समेत यी मोटरसाइकल उपलब्ध हुने बताए ।
नेपाली बजारमा हाल हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम मो्टरसाइकल बिक्री–वितरण गरिरहेको छ । यसैको डिलरको रुपमा वीरगन्जमा सोरुम संचालन भएको हो ।
नेपाली बजारमा ५ लाख ४४ हजार देखि २३ लाख ९९ हजार रुपैयाँ मूल्य सम्मका केटीएम मोटरसाइकल उपलब्ध छन् ।
नेपाली बजारमा हस्कभर्ना भिटपिलेन २५० र स्भार्टपिलेन २५० उपलब्ध छन् । यी दुवै बाइकको मूल्य ५ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
नेपाली बजारमा उपलब्ध केटीएमका विभिन्न मोटरसाइकल मध्ये आरसी २०० पनि एक हो ।...
नेपाली बजारमा हालै उपलब्ध केटीएम आरसी २०० फिचरमा पुरानो मोडलको तुलनामा १४...
काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्डको बाइक एनएचटी २०० उपलब्ध हुने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...