४० वर्षपछि टाटाले मारुतीबाट खोस्यो नम्वर वानको ताज, पन्च बन्यो सर्बाधिक बिक्री हुने कार
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...
टाटा अल्ट्रोजको अटोमेटिक भेरिएन्ट चाँडै लन्च हुने भएको छ । हाल यो म्यानुअल गियरबक्समा मात्र उपलब्ध छ । टाटा अल्ट्रोज अटोमेटिकको नयाँ गियरबक्सको झलक दिने नयाँ टिजर सार्वजनिक भएको छ । कम्पनीले यसलाई चाँडै लन्च गर्न लागेको छ । कम्पनीले यस प्रिमियम ह्याचब्याकको टर्बो पेट्रोल इन्जिनको साथमा डीसीटी गियरबक्सको विकल्प उपलब्ध गराउन लागेको छ ।
यसको टर्बो पेट्रोल इन्जिन हाल ५ स्पिड म्यानुअल गियरबक्सको साथ उपलब्ध छ, यो इन्जिनले १०९ बीएचपी पावर र १४० एनएमको टर्क प्रदान गर्छ । कम्पनीले यो कार जनवरी २०२० मा लन्च गरेको थियो र अब यसको अटोमेटिक भेरिएन्ट ल्याउने छ । कम्पनीले अल्ट्रोज अटोमेटिक भेरिएन्टको लगातार परीक्षण गरिरहेको छ ।
अनुमानित रिपोर्ट अनुसार यसलाई पेट्रोल इन्जिनको विकल्पमा मात्रै लन्च गर्नेछ । टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक ग्राहकहरु माझ लोकप्रिय छनोट भएको छ । यो कारले भारतीय बजारमा मारुती बलेनो, हुन्डाई आई२०, टोयोटा ग्लान्जा र होन्डा ज्याज जस्ता मोडलहरूसँग प्रतिस्पर्धा गर्छ ।
अल्ट्रोजको यो अटोमेटिक गियरबक्स एटी वा एएमटी वा अन्य केही हुने भन्ने बारेमा खुलासा गरिएको छैन । केही समयअघि यसको एउटा मोडल परीक्षण भइरहेको देखियो तर त्यसबेला यसलाई सीएनजी वा इलेक्ट्रिक भनिएको थियो तर अब यो यसको नयाँ अटोमेटिक भेरिएन्ट हुनसक्ने अनुमान गरिएको छ ।
टाटा अल्ट्रोज कम्पनीको प्रिमियम ह्याचब्याक हो र कम्पनीले छिट्टै यसलाई नयाँ रङ विकल्पमा ल्याउन सक्नेछ । परीक्षण समयमा टाटा अल्ट्रोज निलो रङमा देखा परेको थियो । कम्पनीको यो प्रिमियम ह्याचब्याक हाल कुल ६ कलर अप्सनमा उपलब्ध छ । टाटा मोटर्सले आफ्नो दोस्रो वार्षिकोत्सवमा अल्ट्रोजको एक्सटी र एक्सजेड प्लस ट्रिमलाई डार्क एडिसनमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ टिजरको साथ अल्ट्रोज अटोमेटिक भेरिएन्टको पुष्टि गरेको छ, यसको लन्च मिति चाँडै घोषणा गर्नेछ ।
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...
काठमाडौं– इलेक्ट्रिक कार उत्पादनमा आक्रमक देखिएको टाटा मोटर्सले सूमोलाई...
भारतिय बजारमा टाटा मोटर्सको बिक्रीले हुन्डाई र महिन्द्रालाई पछि पारेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...