बुटवल अटो इन्जिनियरिङ एसोसिएसनमा तुल्सीराम न्यौपानेको प्यानल विजयी

बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन् । हिजो सम्पन्न निर्वाचनमार्फत न्यौपानेको प्यानल नै विजयी बनेको हो ।

उद्योग उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र वाणिज्य उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ विजयी बने । महासचिवमा ध्रुवराज भुसाल, कोषाध्यक्षमा चिन्तामणि खनाल र सचिवमा पूजा गैरे चयन भए ।

त्यसैगरी सदस्यहरुमा देवीकला पौडेल, राजेशकुमार जोशी, पोषराज अर्याल (पशुपति), सुशील पाण्डे, शिशुमाया अर्याल (सीता), युवराज ढकाल, शिवप्रसाद बजगाई र भरत साहानी विजयी भएका छन् ।

अध्यक्षका प्रत्याशी न्यौपानेले २१२ मत पाएका थिए भने उनका प्रतिस्पर्धी चन्द्रमणि भण्डारीले १२२ र प्रेम गौचनले १२० मत प्राप्त गरे ।

आगामी दिनमा सबै व्यवसायीलाई समेटेर सबैको हक हितको लागि आफू कार्यरत रहने नवनिर्वाचित अध्यक्ष न्यौपानेले बताए ।

बुटवल अटो इन्जिनियरिङको २६औं साधारण सभा तथा १४औं अधिवेशन हालै सम्पन्न भएको हो । बुटवल क्षेत्रमा अवस्थित अटोमोबाइल क्षेत्रमा कार्यरत मेकानिक्स र अन्य पेशा व्यवसायीहरुको संगठनको रुपमा एसोसिएसन कार्यरत छ । बुटवलको मैनावगरमा रहेको अटो भिलेज नेपालकै पहिलो र नमूना अटो भिलेज समेत हो ।

सम्बन्धित समाचारहरू

११६ अटो मेकानिक्स र परिवारलाई एन्टिजेन परीक्षण, सबै रिपोर्ट नेगेटिभ

११६ अटो मेकानिक्स र परिवारलाई एन्टिजेन परीक्षण, सबै रिपोर्ट नेगेटिभ

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघ र ललितपुर महानगरपालिकाको...

अब कारमा समेत ब्ल्याक बक्स हुने, के हो ब्ल्याक बक्स ? यसले कसरी गर्छ काम ?

अब कारमा समेत ब्ल्याक बक्स हुने, के हो ब्ल्याक बक्स ? यसले कसरी गर्छ काम ?

ब्ल्याक बक्सको प्रयोग विशेषगरी प्लेन र हेलिकप्टरमा गरिन्छ । ब्ल्याक बक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...