होन्डाले ल्याउँदै आफ्नो पहिलो इलेक्ट्रिक कार, २०२६ सम्ममा लन्च हुने संकेत
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने तयारी गरेको छ। यो कुनै पुरानो...
इलेक्ट्रिक बाइकको निर्माण द्रुत गतिमा बढ्दै गइरहेको छ । हिरो मोटोकर्प, सुजुकी, यामाहा, केटीएम र हस्कभर्ना जस्ता कम्पनीले आगामी केही वर्षमा इलेक्ट्रिक बाइक ल्याउने सम्भावना छ । होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया पनि यही बाटोमा अगाडि बढिरहेको छ । होन्डा मोटरसाइकल इन्डियाले आफ्नो पहिलो ईभी भारतमा लन्च गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले होन्डा एक्टिभा नेमप्लेट प्रयोग गर्ने अनुमान गरिएको छ । होन्डा मोटरसाइकल इन्डियाका अध्यक्ष अत्सुशी ओगाटाले कम्पनीले आगामी आर्थिक वर्षसम्ममा भारतका लागि आफ्नो पहिलो ईभी तयार हुने पुष्टि गरेका छन् । कम्पनीले भारतको लागि पूर्ण रूपमा नयाँ उत्पादन विकास गर्ने वा हाल अन्तर्राष्ट्रिय बजारहरूमा उपलब्ध इलेक्ट्रिक टु ह्विलरमध्ये एकको संशोधित संस्करण प्रयोग गर्नेछ ।
भारतमा हाल एक मात्र होन्डा इलेक्ट्रिक टु–ह्विलर उत्पादन होन्डा बेन्ली ई–स्कुटर हो । यो भारतको अटोमोटिभ रिसर्च एसोसिएसनमा परीक्षणको क्रममा देखिएको थियो ।
कम्पनीले घरेलु बजार जापानमा बेन्ली ईःआई, बेन्ली ईःआई प्रो, बेन्ली ईःआईआई र बेन्ली ईःआईआई प्रो सहित विभिन्न मोडलहरू उपलब्ध गराएको छ । कम्पनीसँग पीसीएक्स इलेक्ट्रिक, जाइरो ईः र जाइरो क्यानोपी ईः जस्ता अन्य इलेक्ट्रिक टु–ह्विलर सवारी साधनहरू पनि छन् ।
होन्डा बेन्ली ई पहिले देखि नै उपलब्ध छ । यसलाई होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटरको आधारको रूपमा प्रयोग गर्न सकिने प्रबल सम्भावना छ । होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटरलाई बदल्न मिल्ने ब्याट्रीको साथमा प्रयोग गरिने सम्भावना छ ।
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने तयारी गरेको छ। यो कुनै पुरानो...
होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...
होन्डाले विश्व बजारमा नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ई–एनवाई १...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...