पुरानो गाडीसँग नयाँ चांगन साट्न सकिने, शुक्रबार र शनिबार ‘एक्सचेन्ज कार्निभल’ हुने

काठमाडौं – चांगन अटोले आफ्नो नक्साल सोरुममा एक्सेन्ज क्याम्प ‘एक्सचेन्ज कार्निभल’ गर्ने भएको छ । शुक्रबारबाट सुरु हुने सो मेला दुई दिन अर्थात शनिबार सम्म सञ्चालन हुने बताइएको छ ।

सो मेलामा ग्राहकहरुका निम्त्ति विभिन्न अफरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । अफरमा ग्राहकहरुले आफ्नो गाडीको राम्रो मूल्याङकन पाउनुका साथै दुई लाखसम्मको एक्सेन्ज टपअप प्राप्त गर्नेछन् । यो सँगसँगै एक वर्षको सडक कर, एक वर्षको बीमा निःशुल्क प्राप्त हुनेछ ।

ग्राहकहरुले हरेक टेस्ट राइडमा आकर्षक उपहार प्राप्त गर्नुका साथसाथै अन्य विविध लाभ उठाउन सक्नेछन् । तीन जना भाग्यमानी ग्राहकहरुले दुई वर्षको निःशुल्क सर्भिसिङ भाउचर पनि प्राप्त गर्नेछन् ।

चांगन अटो नेपालले सो विशेष मेलामा सहभागी हुन आह्वान गरेको छ । ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा नवनिर्मित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नेछन् । यसका साथै वेबसाइटमार्फत विस्तृत जानकारी लिनुका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नेछन् ।

चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लग इन गरि प्राप्त गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

कुपे मोडलको स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी, सन् २०२५ मा लन्च हुने

कुपे मोडलको स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी, सन् २०२५ मा लन्च हुने

स्कोडा इन्याक फेसलिफ्टको स्केच जारी भएसँगै सो इलेक्ट्रिक एसयूभीले धेरैको...

नेपालगञ्जमा खुल्यो जिपको ‘प्रिमियम’ सोरुम, ग्राहकलाई ‘प्रिमियम एक्सपेरियन्स’ दिने

नेपालगञ्जमा खुल्यो जिपको ‘प्रिमियम’ सोरुम, ग्राहकलाई ‘प्रिमियम एक्सपेरियन्स’ दिने

काठमाडौं – नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले...

स्कोडा स्लाभियामा थपियो नयाँ एडिसन

स्कोडा स्लाभियामा थपियो नयाँ एडिसन

स्कोडाले आफ्नो लोकप्रिय सेडान स्लाभियाको नयाँ एडिसन लन्च गरेको छ । स्पेसल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...