ल्यान्ड क्रुजर एलसी २०० को जस्तै हुनेछ स्कर्पियो २०२२ को ड्यासबोर्ड

महिन्द्राले यसै बर्षको अन्त्यसम्म सार्बजनिक गर्ने अनुमान गरिएको स्कर्पियो २०२२ को इन्टेरियर अत्याधुनिक र सुबिधासम्पन्न हुने भएको छ । जसको अहिले भारतमा परिक्षण भैरहेको छ । परिक्षणका क्रममा यो एसयुभीको ड्यास बोर्ड टोयोटाको ल्यान्ड क्रुजर एलसी २०० को जस्तै देखिएको जनाइएको छ ।

ड्यासबोर्डको बिच भागमा ठूलो आकारको इन्फोटेन्मेन्ट टचस्क्रिन दिइएको छ भने दुबै भागलाई एसी भेन्टले घेरिएको छ । स्क्रिनको तलतिर इन्फोटेन्मेन्ट सहित हिटिङ, भेन्टिलेसन र एयर कन्डिसनिङलाई कन्ट्रोल गर्ने सिस्टम दिइएको छ । त्यसैगरी सेन्ट्रल कन्सोलको तल र लिभर गियरको अगाडी युएसबी पोर्ट र पावर आउटलेट सकेट उपलब्ध गराइएको छ ।

यसको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र एसी भेन्टसंगै ब्लोअर कन्ट्रोल समेत रहेको छ । टप भेरियन्टमा मात्र डिजिटल क्लस्टर र बेस भेरियन्टमा एनालग क्लस्टर रहनेछ । त्यसैगरी एक्युभी ७०० को जस्तै स्टेरिङ ह्विल र लिभर गियर जडान गरिएको छ । हाल कारोबार भैरहेको मोडलको तेस्रो लहरमा दायाँबायाँ फर्किएको सिट रहदै आएकोमा यो नयाँ एसयुभीमा भने उक्त लहरमा समेत अगाडी फर्किएको सिट उपलब्ध हुनेछ । यो एसयुभीको बिस्तृत इन्टेरिय फिचर्स अझै सार्बजनकि भैनसके पनि यो हाल कारोबार भैरहेको मोडलको तुलनामा एकदमै प्रिमियम र आरामदायी रहने बताइएको छ ।

सन् २००२ देखी उत्पादन थालिएको यो एसयूभीलाई महिन्द्राले पहिलोपटक एक्सटेरिय र इन्टेरियर सहित पूर्ण परिबर्तन गर्न लागेको हो । निकै नै मस्कुलर देखिएको यो एसयुभी २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यो म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिसनमा उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

४ टिप्स : होलीमा कारलाई रङबाट यसरी राख्नुस् सुरक्षित

४ टिप्स : होलीमा कारलाई रङबाट यसरी राख्नुस् सुरक्षित

रङहरुको पर्व होली आइपुगेको छ । मानिसहरूले यो विशेष अवसरलाई आफ्नै तरिकाले...

पिकअपमा २४ घन्टाभित्र सर्भिस उपलब्ध गराइसक्ने अग्नी ग्रुपको प्रतिबद्धता

पिकअपमा २४ घन्टाभित्र सर्भिस उपलब्ध गराइसक्ने अग्नी ग्रुपको प्रतिबद्धता

महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको आधिकारिक बितरक अग्नी ग्रुपले...

अब महिन्द्रा एक्सयूभी ७०० : प्रिमियम फिचर सहित लन्च हुँदै महिन्द्राको नयाँ एसयूभी

अब महिन्द्रा एक्सयूभी ७०० : प्रिमियम फिचर सहित लन्च हुँदै महिन्द्राको नयाँ एसयूभी

महिन्द्राले बुधबार ग्लोबल एसयूभी प्रोजेक्टको नाम घोषणा गरेको छ जसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...