हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीमा ६० प्रतिशत सम्म ऋण दिने, महासंघ अध्यक्ष गोल्छाको प्रतिवद्धता

काठमाडौं – गत सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र पुराना अर्थात सेकेन्ड ह्यान्ड गाडी बिक्री गरिरहेका व्यवसायीहरुको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघका बीच एक भेटघाट कार्यक्रम सम्पन्न भयो । कुनै बेला सवारी साधन बिक्रेताहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भइसकेका गोल्छा अहिले पनि अटोमोबाइल व्यवसायमा समेत संलग्न छन् ।

सो भेटघाट पश्चात रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाले हिजो एक तस्बिर सार्वजनिक गरे । यससँगै उनले रिकन्डिसन व्यवसायी र सेकेण्ड ह्यान्ड गाडीका ग्राहकको सुविधालाई ध्यानमा राख्दै हुलास फिन सर्भ लिमिटेडले फाइनान्स सुविधा प्रदान गर्ने भएको बताए । हुलास फिनले सेकेन्ड ह्यान्ड गाडीको मूल्यांकन अनुसार ५० देखि ६० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएको हो ।

रिकन्डिसन अर्थात सेकेन्ड ह्यान्ड गाडीलाई बैंक तथा फाइनान्सहरुले लगानी गर्दैनन् । बैंक तथा वित्तीय संस्थाबाट फाइनान्स सुविधा प्राप्त नहुँदा धेरै रिकन्डिसन व्यवसायी र सेकेण्ड ह्यान्ड गाडी किन्ने ग्राहकहरु मर्कामा पर्दै आएका छन् । यही कुरालाई मनन गरी गोल्छाले रिकन्डिसन व्यवसायी र पुराना गाडी किन्न चाहनेहरुका लागि यो व्यवस्था गरेको बताइएको छ ।

हुलास फिनले ऋण लगानीका लागि केही व्यवसायीसँग सम्झौतासमेत गरिसकेको बताइएको छ । यसरी ऋण लगानी हुँदा व्यवसायीहरुलाई सहज हुने नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाले बताए ।

‘बैंकहरुले नयाँ गाडीहरुलाई मात्र ऋण दिने प्रचलन भएको र सेकेन्ड ह्याण्ड गाडीहरुलाई बैंकहरुले ऋण नदिने र नयाँ गाडीलाई पनि तरलता कमीको कारण देखाई ऋण नदिएको अवस्थामा हुलास फिनले ऋण उपलब्ध गराउन सुरुवात गर्नु राम्रो काम हो,’ उनले भने ।

नेपाल मात्र होइन, विश्वमै हाल नयाँ गाडी किन्न नसक्नेहरुले पुराना अर्थात सेकेन्ड ह्यान्ड चार पांग्रे सवारी साधन किन्ने प्रचलन छ । चारपांग्रे निजी सवारीसाधनको आवश्यकता भएकाहरूलाई नया गाडी खरिद गर्न सबै कुराले साथ नदिन पनि सक्छ । यस्तो अवस्थामा उपयुक्त विकल्प बन्छ सेकेन्ड ह्यान्ड अर्थात रिकन्डिसन सवारी । कतिपय उपभोक्ता पैसा भए पनि सिधै नया सवारी किन्न चाहदैनन् । नेपालमा जति पनि नया ब्रान्डका गाडी उपलब्ध छन्, ती सबै ब्रान्ड नेपालको रिकन्डिसन बजारमा समेत उपलब्ध हुन्छन् । रिकन्डिसनमा करिब ७ लाख देखि माथि दुई करोड रुपैया“भन्दा बढी मूल्यका सवारी साधन पाइने गरेका छन् ।

हिजोआज उपत्यकासहित देशका विभिन्न सहरमा सेकेन्ड ह्यान्ड साना गाडीको बजार विस्तार हुने क्रममा छ । गाडी चढ्ने चाहना भएकाले कम मूल्यमा आफूलाई मन पर्ने सवारी छानेर किन्न पाउछन् । रिकन्डिसन व्यवसाय विगतको तुलनामा व्यवस्थित समेत हुदै गएको व्यवसायीहरूको भनाइ छ । नेपालमा रिकन्डिसन व्यवसायको आकार निकै ठूलो भइसकेको छ । रिकन्डिसन हाउसहरूले प्रयोग भइसकेको सवारीसाधनलाई परीक्षण एवं मर्मत गरी पुनः बिक्री गर्छन् ।

नेपालमा समान्यतया गाडी र मोटरसाइकल गरी दुई किसिमका रिकन्डिसन हाउस सञ्चालनमा छन् । यी रिकन्डिसन हाउसहरूको व्यवसाय पनि नयाको भन्दा कम छैन । कुनै रिकन्डिसन सवारीको विक्री हुनु भनेको अर्को थप एक नया सवारीसाधनको विक्री हुनु हो किन भने पुराना सवारी बिक्री गर्ने अधिकतम सवारी धनीले नया मोडलका सवारी खरिद गर्ने गर्छन् ।

यो अवस्थामा रिकन्डिसन गाडीका लागि पनि ऋण उपलब्ध हुनु खुसीको कुरा हो । भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि यो क्षेत्रमा नयाँ कार्यको सुरुवात हुने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

इतिहास : रोयससँग रोल्सको भेट, जसले गर्दा रोल्स–रोयस मोटर कार्स बन्यो

इतिहास : रोयससँग रोल्सको भेट, जसले गर्दा रोल्स–रोयस मोटर कार्स बन्यो

हेनरी रोयस गरिब परिवारमा जन्मेका थिए र ९ वर्षकै उमेर देखि काम गर्न थालेका...

पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको मार, सडकदेखि वर्कशप सम्मै साना गाडीको चाप कम

पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको मार, सडकदेखि वर्कशप सम्मै साना गाडीको चाप कम

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले अहिले बजारमा हरेका सामान अत्याधिक...

क्यास्ट्रोलद्वारा मेकानिक्ससँग अन्तरक्रिया, सधै साथमा रहने प्रतिबद्धता

क्यास्ट्रोलद्वारा मेकानिक्ससँग अन्तरक्रिया, सधै साथमा रहने प्रतिबद्धता

काठमाडौं – नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...