१३ वर्षदेखी सुजुकी गाडीको मर्मतसम्भार गर्दै अटो एभ
नेपाली बजारमा सर्बाधिक विक्री हुने प्यासेन्जर कार सुजुकी ग्राहकको...
भारतमा आज मारुती सुजुकीले नयाँ बलेनो लन्च गर्न लागेको छ र यस पटक कम्पनीले यो कारमा धेरै हाइटेक फिचरहरू उपलब्ध गराउनेछ । सुजुकीको नयाँ बलेनोले टाटा अल्ट्रोज, हुन्डाई आई२० र होन्डा ज्याजसँग प्रतिस्पर्धा गर्ने विश्वास गरिएको छ ।
नयाँ बलेनोमा ३६० डिग्री क्यामेरा उपलब्ध हुनेछ, यो फिचरले कार पार्किङमा मात्र नभई ड्राइभरलाई ब्लाइन्ड स्पटमा पनि मद्दत गर्नेछ । मारुती सुजुकीले २०२२ बलेनोमा हेड्स अप डिस्प्ले स्क्रिन पनि दिएको छ ।
नयाँ प्रिमियम ह्याचब्याकमा अपडेटेड ९ इन्चको एचडी स्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ । कम्पनीले यो कारलाई आर्किम्सबाट चल्ने सराउण्ड सेन्स फिचर पनि दिन लागेको छ । २०२२ मोडलमा नयाँ पुस्ताको मारुती सुजुकी कनेक्टेड टेक्नोलोजी दिइनेछ, जसले प्रयोगकर्ताहरूलाई ४० भन्दा बढी कनेक्टेड कार फिचर दिनेछ ।
कारमा एलेक्सा असिस्टेन्ट हुनेछ जसले भ्वाइस कमाण्ड मार्फत फिचर सञ्चालन गर्न सकिन्छ । सो म्यानुअल र अटोमेटिक दुबै कारमा उपलब्ध हुनेछ । सो कारमा पेट्रोल इन्जिन उपलब्ध हुनेछ, साथै यी दुबै मोडलले क्रमशः २२.३५ र २२.९४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
नेपाली बजारमा सर्बाधिक विक्री हुने प्यासेन्जर कार सुजुकी ग्राहकको...
मारुती सुजुकीले हालै लन्च गरेको नयाँ एसयूभी भिक्टोरिसले छोटो अवधिमै ५०...
काठमाडौँ – नेपालमा लामो समय देखि प्रतीक्षा गरिएका सुजुकीका दुई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...