नेपालमा उपलब्ध छ ७८ लाख ५० हजारदेखी २ करोड २० लाख रुपैयाँसम्म पर्ने मित्सुबिसीको एसयुभी

जापनिज अटो मेकर मित्सुबिसीले नेपालमा ५ वटा मोडलका गाडी बिक्री गर्दै आइरहेको छ । उसले बिक्री गर्ने यी मोडलमा एउटा पिकअप र अन्य ४ वटा एसयुभी रहेको छ । जसमध्ये पजेरो आम नेपालीले सुन्दै आएको नाम हो । अहिले पनि महंगो र बिलासी गाडीको नाम लिनुपर्दा पजेरो अग्रपंक्तिमा आउँछ । पजेरोलाई नेताहरुको बिलासी जीवनसंग दाँजेर हेर्ने समेत गरिन्छ ।

जापनको छैटो ठूलो उत्पादक यो कम्पनी बलियो र सुबिधासम्पन्न गाडी उत्पादनका कारण विश्वभर चर्चामा रहँदै आएको छ । नेपालका लागी आधिकारिक बिक्रेताका रुपमा लिओन मोटर्सले सन् २००८ देखी यो ब्रान्डलाई नेपाल भित्राएर कारोबार गरिरहेको छ ।

बजारमा अहिले यसको पजेरो सहित एक्लिप्स, आउटल्यान्डर, एक्सपान्डर एसयुभी र एल२०० पिकअपको कारोबार भैरहेको छ । जसमध्ये पजेरो ५ डोर, ३ डोर र स्पोर्ट गरी भिन्न ३ भेरियन्टमा उपलब्ध छ । ३२ सय सिसी क्षमताको पजेरो ५ डोरको मूल्य २ करोड २० लाख र ३ डोरको १ करोड ७२ लाख रुपैयाँ निर्धारण गरिएको छ । यी दुबै एसयुभी ४ ह्विल ड्राइभका हुन् । अर्को भेरियन्ट पजेरो स्पोर्ट जिएलएसमा भने २४ सय सिसीको डिजेल इन्जिन दिइएको छ । यसको मूल्य १ करोड ८५ लाख रुपैयाँ पर्छ ।

पजेरोपछिको दोस्रो महंगो मोडल आउटल्यान्डरको मूल्य १ करोड ५५ लाख रुपैयाँ तोकिएको छ । २४ सय सिसी क्षमताको यो एसयुभी प्लग इन हाइब्रिड सेग्मेन्टको हो । यो एसयुभीमा समेत ४ ह्विल ड्राइभ दिइएको छ । पछिल्लो सयम आउटल्यान्डरले मित्सुबिसीको नेपालमा सर्बाधिक बिक्री हुने मोडलका रुपमा आफूलाई स्थापित गराइरहेको छ ।

त्यसैगरी दुई भेरियन्टमा उपलब्ध १५ सय सिसी क्षमताका एक्लिप्स क्रसको मूल्य १ करोड १९ लाख ५० हजार र १ करोड २२ लाख रुपैयाँ निर्धारण गरिएको छ । यो एसयुभीमा सिभिटी ट्रान्समिसन दिइएको छ ।

यसको सबैभन्दा सस्तो मोडल भने एक्सपान्डर मोडल हो । १५ सय सिसी क्षमताको यो गाडीको मूल्य ७८ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । अटोमेटिक ट्रान्समिसन दिइएको यो एसयुभी भने २ ह्विल ड्राइभमा उपलब्ध रहँदै आएको छ ।

यसको एल २०० पिकअप ६ स्पिड म्यानुअल र ५ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । जसको मूल्य क्रमश ९७ लाख र १ करोड २ लाख रुपैयाँ पर्छ । प्रिमियम पिकअप सेग्मेन्टमा लोकप्रिय बनिरहेको यो पिकअपमा २४ सय सिसी क्षमताको इन्जिन जडान गरिएको छ । जुन ४ ह्विल ड्राइभमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

टेस्ला कार किन्दा बिटक्वाइनको प्रयोग नहुने मस्कको घोषणा

टेस्ला कार किन्दा बिटक्वाइनको प्रयोग नहुने मस्कको घोषणा

काठमाडौं – टेस्लाका संस्थापक एलन मस्कले बिटक्वाइन प्रयोग नगर्ने बताएका...

वीरगञ्ज नाकाबाट विद्युतीय सहित चार पांग्रे सवारीसाधनको आयात घट्यो

वीरगञ्ज नाकाबाट विद्युतीय सहित चार पांग्रे सवारीसाधनको आयात घट्यो

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पांग्रे...

ओमोडाका ईभी नेपालका लागि सुहाउदो भएको मुख्यमन्त्री लामाको भनाइ

ओमोडाका ईभी नेपालका लागि सुहाउदो भएको मुख्यमन्त्री लामाको भनाइ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालकै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...