फिलिपिन्समा डीएचएलले प्रयोग गर्न थाल्यो बीवाईडी टी३ इलेक्ट्रिक भ्यान

डीएचएल एक्सप्रेस फिलिपिन्सले आफ्नो लजिस्टिक फ्लिटमा बीवाईडीका इलेक्ट्रिक भ्यानलाई समावेश गरेर इलेक्ट्रिक सवारी साधन प्रयोग प्रारम्भ गरेको छ । यसका लागि डीएचएलले ३ थान टी३ इलेक्ट्रिक भ्यान लिएको छ ।

ब्लेड ब्याट्री प्याकयुक्त बीवाईडी टी३ भ्यानले सिंगल चार्जमा २५० किलोमिटरको रेन्ज दिन्छ । त्यसैगरी यसले ३.५ क्युबिक मिटर कार्गो बोक्न सक्छ ।

डीएचएलले शून्य कार्बन उत्सर्जन अभियानका लागि ७ बिलियन युरो खर्च गर्ने योजना बनाएको छ र यसको पहिलो चरणको रुपमा यसको शुरुवात गरिएको हो । डीएचएल ग्लोबलले सन् २०३० सम्म ६० प्रतिशत भेइकल फ्लिटलाई प्युर इलेक्ट्रिक बनाउने योजना बनाएको छ ।

बीवाईडी विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी हो । नेपाली बजारमा पनि साइमेक्स इंकले बीवाईडीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

नेपाली बजारमा पनि बीवाईडी टी३ इलेक्ट्रिक भ्यान बिक्रीका लागि उपलब्ध छ । यसको मूल्य । नेपाली बजारमा उपलब्ध बीवाईडी टी३ ले सिंगल चार्जमा ३१० किलोमिटरको रेन्ज दिने बताइएको छ । यसको मूल्य ३८ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारहरू

मूल्य बढे पनि करोड पर्ने एसयूभीकै सरह फिचर भएको एमजी आईएम६

मूल्य बढे पनि करोड पर्ने एसयूभीकै सरह फिचर भएको एमजी आईएम६

काठमाडौं – एमजीको प्रिमियम ब्रान्ड आईएमको नेपाली बजारमा उपलब्ध लक्जरी ईभी...

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

काठमाडौं–लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै सजिलो फाइनान्स सुविधा...

चखन्डोल सामुदायिक वनमा बीवाईडीले रोप्यो १५ सय विरुवा, वनको गौरवलाई पुनर्जीवन दिने अपेक्षा

चखन्डोल सामुदायिक वनमा बीवाईडीले रोप्यो १५ सय विरुवा, वनको गौरवलाई पुनर्जीवन दिने अपेक्षा

काठमाडौं – बीवाईडी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...