भोली टिगोर इभीको औपचारिक लन्च हुने

टाटा माटर्सको बहुप्रतिक्षत इलेक्ट्रिक कार टिगोरको भोली नेपालमा औपचारिक लन्च गरिने भएको छ । केही साता अघि नेपाल भित्रिएको यो कारलाई आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङले नेपाली सडकमा परिक्षण गरिरहेको थियो । लन्च हुनु अगाबै मूल्य सार्बजनिक भएको टिगोर टाटा मोटर्सको नेपाल भित्रिने नेक्सपछिको दोस्रो इलेक्ट्रिक कार हो । औपचारिक लन्च पश्चात भोलीदेखी नै यसको औपचारिक बुकिङ समेत खुल्ला गरिने कम्पनी स्रोतले बताएको छ ।

कम्प्याक्ट सेडान सेग्मेन्ट अन्तर्गतको यो कारलाई एक्सई, एक्सएम र एक्सजेड प्लस भेरियन्टमा उपलब्ध गराइएकोे छ । जसको मूल्य सुरुवाती भेरियन्ट एक्सईलाई २९ लाख ९९ हजार, मिडियम भेरियन्ट एक्सएमलाई ३१ लाख ४९ हजार र टप भेरियन्ट एक्सजेड प्लसलाई ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

हाल कारोबार भैरहेको टाटा नेक्सन इभीमा समेत उपलब्ध जिपट्रेन प्रबिधीमा आधारित भई निर्माण गरिएको यो कारमा २६ किलोवाटको लिक्विड–कुल्ड ब्याट्री प्याक जडान गरिएको छ । यो कारलाई जुनकुनै मौसममा सहजै चलाउन सकिने बताइएको छ । यसमा जडान गरिएको विद्युतीय मोटरले ७४ बिएचपी र १७० एनएम टर्क जेनेरेट गर्छ ।

यसमा दिइएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट ६५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यसैगरी १५ एएमपी प्लगबाट समेत चार्ज गर्न सकिने हुँदा ग्राहकले आफ्नो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सक्नेछन । यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो नयाँ कारलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

काठमाडौं – सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेको...

८ सुरक्षित कार मध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको अग्रता

८ सुरक्षित कार मध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको अग्रता

टाटा मोटर्सका कारहरु सुरक्षाको मामिलामा अब्बल मानिएका छन् । सुरक्षाको...

नयाँ टाटा टिगोर फेसलिफ्टको डिजाइन सार्वजनिक, यसै वर्ष बजारमा आउने सम्भावना

नयाँ टाटा टिगोर फेसलिफ्टको डिजाइन सार्वजनिक, यसै वर्ष बजारमा आउने सम्भावना

टाटा मोटर्सले सन् २०२६ को टिगोर फेसलिफ्टको नयाँ डिजाइन भारतमा पेटेन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...