३६० डिग्री क्यामेरा र विभिन्न फिचर सहितको यस्तो हुनेछ सुजुकीको नयाँ बलेनो ह्याचब्याक

मारुती सुजुकी बलेनोको नयाँ मोडलको फोटो र फिचर लन्च हुनुअघि नै लिक भएको छ । अपडेटेड फिचर्सका साथ बलेनो आफ्नो सेगमेन्टको सबैभन्दा फिचर्ड कार हुनेछ । यो २३ फेब्रुअरीमा लन्च हुनेछ । कम्पनीले भारतमा यसको बुकिङ सुरु गरिसकेको छ ।

एक्सटेरियर
लिक भएको फोटो अनुसार बलेनो २०२२ मा नयाँ स्टिचको साथ डिजाइन गरिएको छ । यसले नयाँ फ्रन्ट फेस, फराकिलो ग्रिल र थ्री इलिमेन्ट डीआरएल सहितको हेडलाइटको नयाँ सेट हुनेछ । फगल्याम्प पनि पहिलाको मोडलको तुलनामा ठूलो हुनेछ ।

इन्टेरियर
यस प्रिमियम ह्याचब्याकमा ३६० डिग्री क्यामेरा उपलब्ध हुनेछ । यो फिचर भएको आफ्नो सेगमेन्टको पहिलो कार हुनेछ । यसमा ९ इन्चको स्मार्टप्ले प्रो प्लस टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ । सो कार सुजुकी र टोयोटाले संयुक्त रुपमा बनाएको हो । यसको इन्फोटेनमेन्ट सिस्टमले वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले समर्थन गर्छ । कारमा एचयुडी फिचर पनि रहेको छ ।

स्टेयरिङबाट नियन्त्रण गरिने फिचर
नयाँ बलेनोमा कनेक्टेड कार टेक्नोलोजीको साथमा वायरलेस फोन चार्जिङ, एलेक्सा भ्वाइस कमाण्ड, हेड्सअप डिस्प्ले, नयाँ फ्ल्याट बटम स्टेयरिङ ह्विल र क्रुज कन्ट्रोललगायत अन्य फिचर समावेश गरिएको छ । यसको धेरैजसो फिचरहरू स्टेयरिङबाट नियन्त्रण गर्न सकिन्छ । कारको फ्रन्टमा पनि डिजिटल मिटर उपलब्ध हुनेछ ।

३६० भ्यू क्यामेरा
सो प्रिमियम ह्याचब्याकमा ३६० भ्यू क्यामेरा उपलब्ध हुनेछ । मारुतीको कुनै पनि कारमा यो फिचर पहिलो पटक उपलब्ध हुन लागेको हो । यसमा ६ वटा एयरब्यागसहितको इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम जस्ता फिचर पनि उपलब्ध हुनेछ ।

इन्जिन र पावर
सो कारमा २ वटा इन्जिनको विकल्प रहेको छ । पहिलो १.२ लिटर पेट्रोल इन्जिन हुनेछ, जसले ८३ बीएचपी पावर जेनेरेट गर्नेछ । अर्को विकल्पको रुपमा १.२ लिटर ड्युअलजेट पेट्रोल इन्जिन हुनेछ, जसले ९० बीएचपीको पावर जेनेरेट गर्नेछ । यो म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पको साथ उपलब्ध हुनेछ । बलेनोको प्रारम्भिक एक्स–शोरूम मूल्य करिब ७ लाख भारु हुने सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

टीभिएस एनटर्कमा सबैभन्दा छिटो यात्रा तय गरेर कायम भयो नयाँ रेकर्ड

टीभिएस एनटर्कमा सबैभन्दा छिटो यात्रा तय गरेर कायम भयो नयाँ रेकर्ड

एनटर्क स्कुटरमा कन्याकुमारीदेखी लेहसम्मको यात्रा मात्र १२६ घन्टा १४...

नयाँ फिचर सहित २०२२ मारुती सुजुकी ब्रेजा जुनमा लन्च हुने पक्का

नयाँ फिचर सहित २०२२ मारुती सुजुकी ब्रेजा जुनमा लन्च हुने पक्का

मारुती सुजुकीले लोकप्रिय एमपीभी अर्टिगा र एक्सएल६को अपडेटेड भर्सन लन्च...

एड्भेन्चर प्रेमीका लागि खुसीको कुरा, सुजुकीले नयाँ टुरिङ बाइक ल्याउने तयारी गर्दै

एड्भेन्चर प्रेमीका लागि खुसीको कुरा, सुजुकीले नयाँ टुरिङ बाइक ल्याउने तयारी गर्दै

सुजुकीले ठूलो इन्जिन भएको एड्भेन्चर टुरिङ बाइक भारतीय बजारमा ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...