मारुती सुजुकीको वार्षिक उत्पादन २० लाख युनिट नाघ्यो, बन्यो नयाँ माइलस्टोन
मारुती सुजुकीले आफ्नो इतिहासमा पहिलो पटक एक क्यालेन्डर वर्षमा २० लाख गाडी...
मारुती सुजुकीले यस वर्ष आफ्नो लोकप्रिय ह्याचब्याक वागनआरको फेसलिफ्ट भर्सन लन्च गर्ने सम्भावना रहेको छ । उक्त मोडल परीक्षणको समयमा देखिएको छ । हाल मारुती वागनआरको तेस्रो जेनेरेसन बिक्री भइरहेको छ, जसलाई जनवरी २०१९ मा लन्च गरिएको थियो । मारुती सुजुकी वागनआर हाल १४ भेरिएन्टमा २ इन्जिन र २ ट्रान्समिसन विकल्पमा उपलब्ध छ ।
लुक र डिजाइन
नयाँ वागनआर फेसलिफ्टमा कालो रङको रुफ बाहेक एक्सटेरियर लुकमा खासै परिवर्तन गरिएको छैन । यद्यपि, यसमा नयाँ ड्युअल–टोन एक्सटेरियर र नयाँ अलोय ह्विल समावेश गरिने छ ।
इन्टेरियर र फिचर
मारुतीले सो कारको इन्टेरियरमा धेरै परिवर्तनहरु समावेश गर्ने अपेक्षा गरिएको छ । वागनआर फेसलिफ्ट मोडेलमा नयाँ ९ इन्चको डिजिटल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुने सम्भावना छ । यसको साथै लन्चिङ पछि यसमा अपहोल्स्ट्री सहित इन्टेरियर फिचरमा अन्य परिवर्तनहरू देख्न सकिन्छ ।
इन्जिन विकल्प र पावर
हाल उपलब्ध मारुतीको तेस्रो जेनेरेसन वागनआर १४ भेरिएन्टमा उपलब्ध छ । यो १.० लिटर के१०बी पेट्रोल इन्जिन वा १.२ लिटर के१२एम पेट्रोल इन्जिनमा बिक्री हुन्छ । १.० लिटर इन्जिनले ६७ बीएचपीको पावर र ९० एनएमको टर्क जेनेरेट गर्छ भने १.२ लिटर इन्जिनले ८२ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ ।
गियरबक्स
नयाँ वागनआर फेसलिफ्टको इन्जिन विकल्पहरू यथावत रहने सम्भावना छ । मारुती वागनआरको फेसलिफ्ट भर्सनमा ५ स्पिड म्यानुअल गियरबक्स वा ४ स्पिड अटोमेटिक ट्रान्समिसनको साथ उपलब्ध हुने अपेक्षा गरिएको छ । मारुतीले नयाँ वागनआरको इन्धनमा केही परिवर्तन गर्ने सम्भावना रहेको छ ।
मारुती सुजुकीले आफ्नो इतिहासमा पहिलो पटक एक क्यालेन्डर वर्षमा २० लाख गाडी...
मारुती सुजुकीको सबैभन्दा धेरै बिक्री हुने कार मध्येको एक मारुती सुजुकी...
सुजुकीले इटालीको मिलानमा शुरु भएको मोटर शो ईआईसीएमए २०२४ मा आफ्नो पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...