आवश्यक तालिम र अन्य व्यवस्थापन पश्चात मात्र युरो ६ लागू गर्नु पर्ने अटो मेकानिक्स व्यवसायी संघको माग

काठमाडौं – नेपालमा युरो ६ सरहको नेपाल सवारी प्रदूषण मापदण्ड लागू गर्ने तयारी भइरहेको सन्दर्भमा यसलाई आवश्यक तयारीका साथ मात्र लागू गर्नु पर्ने कुरामा नेपाल अटो मेकानिक्स व्यवसायी संघ समेत रहेको छ ।

संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले आवश्यक तयारी गरेर र त्यस्ता सवारी साधनका लागि आवश्यक मर्मत सम्भार गर्न सकिने व्यवस्था गरेर मात्र सो मापदण्ड लागू गरिनु पर्ने बताए ।

यसका लागि गत असार महिनामै संघले वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागसँग छलफल सम्पन्न गरेको थियो । विभागले पहिले गत साउन ०१ गते देखि लागू हुने गरि ठूला सवारी साधनको हकमा बीएस४ तथा साना सवारी साधनको हकमा बीएस६ अनुसार प्रदूषण मापदण्ड लागू गर्ने तयारी गरेको थियो । भारतमा बीएस६ लागू भइसकेको सन्दर्भमा नेपाल भित्रिने कार तथा मोटरसाइकलमा बीएस६ वा युरो ६ सरहको नेपाल सवारी प्रदूषण मापदण्ड लागू गर्ने वारेमा छलफल भइरहेको छ । यो भन्दा पहिले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि आवश्यक तयारीका साथ मात्र अगाडि बढ्न सरकारलाई आग्रह गरिसकेको छ ।

संघले मापदण्ड लागू गर्नु पूर्व उक्त सवारी साधनको मर्मत सम्भारको लागि अटो मेकानिक्सहरुलाई प्रविधिक तालिमको व्यवस्था गर्नु पर्ने, वर्कशप स्तरोन्नत्तिको लागि अत्याधुनिक यन्त्र उपकरण आयातमा भन्सार छुटको व्यवस्था गर्नुका साथै सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने र अटोल्यान्डको व्यवस्था गर्न सरोकार वाला पक्षसँग पनि सहजिकरणको भूमिका खेलिदिन अनुरोध गरेको छ ।

सरकारले विक्रम सम्बत २०६९ सालमा लागू गरेको नेपाल प्रदूषण मापदण्ड ३ बाट उक्लेर एकै पटक नेपाल प्रदूषण मापदण्ड ६ लागू गर्ने तयारी गरेको छ । यसअघि विक्रम संम्बत २०७६ सालमा प्रदूषण मापदण्ड ४ तयार गरेपनि लागू नगरी बसेको सरकारले मापदण्ड ६ लागू गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

गाडीमा हुने कुलेन्ट के हो ? इन्जिन ओभर हिटिङ हुँदा कसरी चिसो हुन्छ ?

गाडीमा हुने कुलेन्ट के हो ? इन्जिन ओभर हिटिङ हुँदा कसरी चिसो हुन्छ ?

लामो दुरीको यात्रामा जानुभन्दा पहिला बाटोमा कुनै पनि प्रकारको समस्याबाट...

अटो मेकानिक्स व्यवसायी संघद्वारा थप २५ थान सिलिन्डर हस्तान्तरण

अटो मेकानिक्स व्यवसायी संघद्वारा थप २५ थान सिलिन्डर हस्तान्तरण

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले २५ थान अक्सिजन सिलिन्डर...

अटो मेकानिक्स व्यवसायी संघद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

अटो मेकानिक्स व्यवसायी संघद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले स्वयम्भुस्थित आनन्दकुटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...