शुरु भयो जयनगर-जनकपुर रेलसेवा, आजदेखि बिहान र दिउँसो दुई पटक संचालन हुने
जयनगर-जनकपुर-कुर्था रेलसेवा आजदेखि सुचारु हुने भएको छ । आइतबारदेखि रेल...
पोखरा- पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ।
अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म दुई हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ गर्न लागिएको हो। आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक सञ्चालन हुने अन्नपूर्ण केबुलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताए। स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको उनको भनाइ छ।
उनले अङ्ग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक सञ्चालनको योजना रहे पनि प्राविधिक समस्याका कारण ढिलाइ भएको बताए।
'अब फागुन ६ गतेदेखि यसको सफ्ट लञ्चिङसहित सेवा सुरु गर्दैछौँ,' उनले भने। केबुलकार सञ्चालनमा आएसँगै फेवातालको किनारबाट झण्डै नौ मिनेटमा सराङकोट पुग्न सकिने कम्पनीले जनाएको छ। अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्छ। केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ।
प्राकृति सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ। प्राकृतिक सुन्दरताले विश्वमा नै ख्याति कमाएको सहरमा नयाँ गन्तव्यले पर्यटकको बसाइ लम्बाउन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ। केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमाल हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाउनेछन्। सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ।
केबुलकारमा हालसम्म रु दुई अर्ब लगानी भएको निर्देशक त्रिपाठीले जानकारी दिए। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारणले पनि परियोजना सम्पन्न हुन ढिलाइ भएको र लागत बढेको हो। केबुलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक भएको बताइन्छ। जापानको ‘निप्पल केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ। केबुलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ।
कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरिएको परियोजनाका महाप्रबन्धक दिनेश पौडेलले जानकारी दिए। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ । स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको छ। रासस
जयनगर-जनकपुर-कुर्था रेलसेवा आजदेखि सुचारु हुने भएको छ । आइतबारदेखि रेल...
मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ सडक आजदेखि...
आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...