आजदेखी टाटा कारको ‘केयर क्याम्प’ शुरु, यी स्थानमा गराउन सकिन्छ छुटसहित सर्भिसिङ

टाटा प्यासेन्जर कारको केयर क्याम्प आजदेखी शुरु भएको छ । ३ दिनसम्म जारी रहने उक्त क्याम्पमा टाटा प्यासेन्जर कारको सर्भिसिङमा छुटदेखी निशुल्क चेकअपको समेत ब्यवस्था मिलाइएको छ । उपत्यका भित्र संचालनमा रहेका ३ वटा सर्भिस सेन्टरमा उक्त क्याम्प शुरु भएको आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङ स्रोतले बताएको छ ।

उपत्यकाको सोल्टीमोड, बालकुमारी र बागडोलमा रहेको कम्पनीको आफ्नै सर्भिस सेन्टरमा सर्भिसिङ गराउँदा स्पेयर पार्टस्, लुब्रिकेन्ट्स र एसेसोरिजमा १५ प्रतिशत छुट तथा लेबर चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । क्याम्पमा आउने गाडीको ब्याट्री र इलेक्ट्रिकल चेकअप सहित अन्य १० वटा प्वाइन्ट निशुल्क चेकजाँच गरिने बताइएको छ । साथै गाडीको वासिङ गराउँदा समेत कुनै शुल्क भुक्तानी गर्नुपर्ने छैन ।

नेपाली अटो बजारमा पछिल्लो समय टाटा प्यासेन्जर कारको खपत बढ्दै गएको छ । खपत बढेसंगै ग्राहक संख्यामा समेत बृद्धि भएको र आफ्ना ग्राहकलाई सुबिध उपलब्ध गराउन कम्पनीले यस्तो क्याम्प आयोजना गरेको हो । हाल बजारमा टाटाको नेक्सन, अल्ट्रोज, टिगोर, एच फाइभ, सफारी र नेक्सन इभी लगायत मोडल उपलब्ध रहँदै आएका छन् ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक अवतारमा आउँदै टाटा ह्यारियर, ५०० किलोमिटरको रेन्ज दिने दाबी

इलेक्ट्रिक अवतारमा आउँदै टाटा ह्यारियर, ५०० किलोमिटरको रेन्ज दिने दाबी

टाटाले जुन ३ मा टाटा ह्यारियरको इलेक्ट्रिक अवतार लन्च गर्ने तयारी...

के महिन्द्रा बीई६ एसयूभी टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्न सक्षम छ ?

के महिन्द्रा बीई६ एसयूभी टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्न सक्षम छ ?

महिन्द्राले भारतीय बजारमा बीई ६ई एसयूभी लन्च गरिसकेको छ । कम्पनीले सो कार...

नेपालमा २०२५ मोडलको टियागो ईभीको डेलिभरी सुरु

नेपालमा २०२५ मोडलको टियागो ईभीको डेलिभरी सुरु

थप फिचर्स, थप प्रविधि, अत्याधुनिक डिजाइन र आकर्षक कलरको साथ पुरानै मूल्यमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...