फरक फिचर र नयाँ अनुभव दिने हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ नेपालमा लन्च हुँदै

नेपाली बजारमा हुन्डाईको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ भित्रिएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले केही समयमै यसको औपचारिक लन्च गरिने बताएको छ ।

अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लमसेल हुड, एक्टिभ एयर इन्टेक र पिक्सेल टेललाइटले धेरैको आँखा लोभ्याउछ ।

हुन्डाईको नयाँ इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म अर्थात ई–जीएमपीमा बनेको यो पहिलो कार हो । उक्त प्लेटफर्ममार्फत ब्याट्री इलेक्ट्रिक भेइकललाई फास्ट चार्जिङ गर्न, ड्राइभिङ रेन्ज बढाउन, इन्टेरियर स्पेस बढाउन र बेटर ह्यान्डलिङमा सहयोग प्राप्त हुन्छ । यसका कारण नै आयोनिक ५ को डिजाइन मात्र आकर्षक छैन, यसको इन्टेरियर नै लोभलाग्दो छ भने चार्जिङ र अन्य सुविधा समेत फरक छ ।

यसमा भएको ११८ इन्चको ह्विलबेसका कारण यो अन्य एसयूभी भन्दा लामो छ । यसको इन्टेरियरमा पनि वातावरणमैत्री मेटरियलको प्रयोग गरिएको छ ।

नेपाली बजारमा उपलब्ध हुने आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३६५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

यसमा वायरलेस चार्जिङ, फरक खालको स्टेयरिङ ह्विल, आकर्षक इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सोलार चार्जर, ३६० डिग्री क्यामेरा आदि विभिन्न फिचर पाउन सकिन्छ ।

आयोनिक ५ सोलार रुफ र भिजन रुफ गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । सोलार रुफ चाहिं गाडीलाई १०० किलोमिटर गुडाउदा ५ देखि ७ प्रतिशत सम्म सोलार पावरले आफै रिचार्ज हुने कन्सेप्टमा बनाइएको हो । त्यसैगरी भिजन रुफ चाहि अपिल र भर्सेटालिटीमार्फत पावर रोलर ब्लाइन्ड बढाउने कन्सेप्टमा आधारित छ ।

यो कार विभिन्न ११ कलरमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न

संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न

संचारकर्मी र हुन्डाई इलेक्ट्रिक टिमविच अन्तरक्रिया कार्यक्रम सम्पन्न...

नेपाल भित्रिएको १ वर्षपछि भारतमा लन्च भयो नयाँ टुसान, सुरुवाती मूल्य २७ लाख ७० हजार भारु

नेपाल भित्रिएको १ वर्षपछि भारतमा लन्च भयो नयाँ टुसान, सुरुवाती मूल्य २७ लाख ७० हजार भारु

हुन्डाई मोटर्स इण्डियाले टुसानको चौथो जेनेरेशनलाई आज भारतीय बजारमा लन्च...

यस्तो हुनेछ प्रिमियम सुविधाले सुसज्जित हुन्डाई क्रेटाको इलेक्ट्रिक संस्करण

यस्तो हुनेछ प्रिमियम सुविधाले सुसज्जित हुन्डाई क्रेटाको इलेक्ट्रिक संस्करण

हुन्डाईले क्रेटाको इलेक्ट्रिक संस्करण चाँडै लन्च गर्ने भएको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...