सुजुकी इको भ्यान, परिवार र व्यवसाय दुबैलाई उपयुक्त साधन

कार्यलयमा काम गर्ने कर्मचारीदेखी स्कुले बिद्यार्थीलाई सटल सर्भिस प्रदान गर्न उपयुक्त सवारी बनेको सुजुकी इको भ्यान धेरै सदस्य भएको परिवारका लागि पारिवारिक वाहन समेत बनिरहेको छ । नेपालमा यो सवारीसाधन बिशेषगरी कार्यलय प्रयोजनमा बढी प्रयोग हुने गरेको छ ।

प्यासेन्जर भ्यानमा एकछत्र बजार लिन सफल इको ५ र ७ सिट अप्सनमा उपलब्ध रहँदै आएको छ । १२ सय सिसी क्षमताको इन्जित जडित यसको अधिकतम पावर ५४ किलोवाट र टर्क ९८ एनएम रहेको छ । यो बिएस६ स्टान्डर्डमा उपलब्ध रहँदै आएको छ । प्रतिलिटर इन्धन खपतमा ११ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको यो भ्यानको ग्राउन्ड क्लिरियन्स १६० एमएम र ह्विबेश २३५० एमएम रहेको छ ।

अगाडीको चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक दिइएको यो भ्यानको कुल तौल ९४० किलोग्राम रहेको छ । ४० लिटर इन्धन अट्ने ट्यांक उपलब्ध भएको इकोमा ड्राइभर एयरब्याग, एबिएस, इबिडी, रिभर्स पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर जस्ता सेफ्टि फिचर्स दिइएको छ । यो भ्यानको मूल्य नेपाली बजारमा ५ सिटर एसीको २७ लाख २९ हजार र ७ सिटर स्टान्डर्डको २६ लाख ७४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...

१२ वर्षमा १० लाख युनिट बिक्री भयो मारुती सुजुकी इको, यस्तो छ विशेषता

१२ वर्षमा १० लाख युनिट बिक्री भयो मारुती सुजुकी इको, यस्तो छ विशेषता

भारतीय बजारमा सबैभन्दा बढी बिक्री हुने फेमिली एमपीभीको रुपमा परिचित...

भारतमा पनि हुने भयो इलेक्ट्रिक गाडीको दौड प्रतियोगिता फर्मुला–ई रेस

भारतमा पनि हुने भयो इलेक्ट्रिक गाडीको दौड प्रतियोगिता फर्मुला–ई रेस

इलेक्ट्रिक कारबीच हुने प्रतिस्पर्धा फर्मुला–ई रेसिङ आयोजना गर्ने कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...