उमेरको आधा जति, त्यति नै हजार छुट पाइदै छ इलेक्ट्रिक सवारीमा
काठमाडौं – कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ...
६ महिनाअघि भारतमा रहेको आफ्नो उत्पादन युनिट बन्द गर्ने निर्णय लिएको फोर्डले उक्त निर्णयलाई पुनर्बिचार गर्ने भएको छ । भारतको केन्द्रिय सरकारले इलेक्ट्रिक र हाइड्रोजन सेल कार उत्पादनलाई बढाउन दिने गरि उपलब्ध गराउन लागेको ठूलो रकम सुबिधा हात पार्न आफूले पेश गरेको प्रस्ताब स्विकार भएपछि फोर्डले यस्तो निर्णय लिएको हो ।
‘प्रोडक्सन लिंक्ड इन्सेन्टिभ’ नाम दिइएको उक्त प्याकेज अन्तर्गत यस्ता कम्पनीले २६ हजार करोड भारु नगद सुबिधा पाउनेछन् । जुन बिभिन्न इभी उत्पादक देखी स्पेयर पार्टस उत्पादन गर्ने कम्पनीलाई समेत उपलब्ध गराइने भएको छ ।
सुबिधामा पाइने रकमलाई फोर्ड मोटर्सले इलेक्ट्रिक कार उत्पादनमा लगानी गर्ने विषयमा छलफल अघि बढाएको छ । जस अन्तर्गत हाल संचालनमा रहेको दुई प्लान्टमध्ये एकलाई बिक्री गर्ने र अर्कोमा इभी उत्पादन गर्न सक्ने संभावना देखएको हो । यी दुबै प्लान्टमा कम्वस्टन इन्जिनयुक्त फोर्ड कार उत्पादन हुँदै आएका कारण इभी उत्पादनका लागी उसले नयाँ उपकरण र प्रबिधी थप गर्नुपर्नेछ । जसका लागी ठूलो रकम खर्च हुनेछ ।
इभी उत्पादनमा आक्रमक लगानी बिस्तार गर्ने घोषणा गरेको फोर्ड मोटर्सले निर्यातमा केन्द्रित भई इभीको उत्पादन थाल्ने देखिएको छ । साथै उसले भारतीय उपभोक्ताका लागि कम मूल्य पर्ने बजेट इभी समेत उत्पादन गर्ने र अन्य मुलुकमा उत्पादन गरिएको प्रिमियम मोडलका कम्वस्टन इन्जिनयुक्त कारको आयतलाई निरन्तरता दिने संभावना देखिएको छ ।
फोर्डले इलेक्ट्रिक कारको उत्पादन र बिकासका लागी सन् २०३० सम्ममा कुल ३० अर्ब डलर लगानी गर्ने बताइसकेको छ ।
अमेरिकन अटो निर्माता फोर्डले भारतस्थित प्लान्टबाट आफूले ठूलो रकम नोक्सानी बेहोर्नुपरेको भन्दै अघिल्लो बर्षको सेप्टेम्बर महिनामा उत्पादन युनिट बन्द गर्ने घोषणा गरेको थियो । उक्त घोषणाले अटोमोबाइलको उत्पादन हब बनाउने भारत सरकारको योजनामाथी नै असर गर्ने भन्दै जसरी हुन्छ फोर्डलाई भारतमा रहिरहने बाताबरण बनाइनु पर्ने विषयलाई लिएर सरकारमाथी दबाब सिर्जना भएको थियो ।
काठमाडौं – कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ...
इलेक्ट्रिक सवारी साधनको लोकप्रियता तीव्र गतिमा बढिरहेका बेला, चार्जिङ...
विवाइडीको नेपालका लागि आधिकारिक बितरक साइमेक्स इंक प्रालिले आजदेखी लागु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...