आजदेखि ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने, प्रारम्भ भयो सेवा

काठमाडौं – नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने सुविधा आज देखि प्रारम्भ भएको छ । एन्ड्रोइड वा आइओएस दुवैबाट नागरिक एप डाउनलोड गरी प्रक्रिया अनुसार यो सेवा प्रयोग गर्न सकिन्छ ।

यसका लागि बागमती प्रदेश सरकारले आवश्यक सम्पूर्ण व्यवस्था पुरा गरेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भुक्तानी सेवाप्रदायकलाई स्वीकृति प्रदान गरेसँगै यसरी ब्लुबुक नवीकरण गर्न सकिने भएको हो । यसका लागि यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेका छन् ।

ती बैंकबाट राजस्व हिसाब मिलान गर्नेगरी ई–सेवा र खल्तीको मोबाइल वालेटलाई यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मा आवद्ध गरिएको छ । यसबाट सवारी करको विवरण र ब्लुबुक नवीकरणको अवस्थाको विषयमा जानकारी लिन सकिन्छ । तर भुक्तानीका लागि डिजिटल वालेटले स्वीकृति नपाएका कारण नागरिक एपले ब्लुबुक नवीकरण सेवा दिन सकेको थिएन ।

अब भने ई–सेवा र खल्तीले प्रदेश सरकारबाट त्यसको स्वीकृति पाएसँगै नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको हो ।

यसैगरी सोझै प्रदेश सरकारको टीएमआईएस प्रणालीको वेबसाइटमा गएर समेत यो सेवा लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्याइदिने

एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्याइदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एसइई दिइरहेका विद्यार्थीहरूलाई...

आज देखि ट्राफिक जरिवाना क्युआर कोडबाटै तिर्न सकिने, बैंक जानु नपर्ने

आज देखि ट्राफिक जरिवाना क्युआर कोडबाटै तिर्न सकिने, बैंक जानु नपर्ने

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा...

१२० रुपैयाँमै ब्लु बुक नवीकरणको अवसर

१२० रुपैयाँमै ब्लु बुक नवीकरणको अवसर

कठमाडौं – सवारी साधनको ब्लु बुक नवीकरण गर्नु पर्ने अवस्था भए केही समयका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...