सिंगल चार्जमा ५२२ किमी रेन्ज दिने बीवाईडी ई६ का यस्ता छन् फरक विशेषता

काठमाडौं – नेपाली बजारमा विभिन्न प्रकारका इलेक्ट्रिक कार भए पनि बीवाईडी ई६ को फरक पहिचान छ । विश्व प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीका विभिन्न मोडलका गाडी नेपाली बजारमा उपलब्ध भइरहेकोमा गत फेस्टिभ सिजनमा भित्रिएको बीवाईडी ई६ हाल धेरैका लागि आकर्षण बनेको छ ।

बीवाईडी ई६ ले सिंगल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । पहिले पनि यो कार नेपाली बजारमा उपलब्ध भइरहेकोमा फेस्टिभ सिजन पश्चात अझै सुधारिएको नयाँ बीवाईडी ई६ नेपाली बजारमा उपलब्ध भएको हो ।

नयाँ डिजाइन, नयाँ इन्टेरियर, नयाँ इन्फोटेनेमन्ट सिस्टम, नयाँ ब्लेड ब्याट्री र प्रशस्तै बुट स्पेस यो कारका प्रमुख विशेषता हुन् ।

अल न्यु ई६ मा बीवाईडीले नै विकास गरेको नयाँ प्रविधिको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यसमा भएको ७१.७ किलोवाट आवरको ब्याट्रीलाई १ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यसमा ९० किलोवाटको मोटर छ ।

यो कार एलईडी डे टाइम रनिङ लाइट र एलईडी रियर कम्बिनेसन ल्याम्पले सुसज्जित छ । यसको इन्टेरियर लेदर सिट र ६–वे एड्जस्टेबल ड्राइभर र फ्रन्ट प्यासेन्जर सिट सहित उपलब्ध छ ।

त्यसैगरी यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको १०.१ इन्चको रोटेटेबल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । त्यसैगरी यसमा भएको ५८० लिटरको बुट स्पेसमा ४ ठूला सुटकेश र १ सानो सुटकेश राख्न मिल्ने स्थान छ ।

बीवाईडी ई६ मा १०।१ इन्चको मल्टिमिडिया कारप्याड, एसी तथा डीसी फास्ट चार्जिङ, १७५ एमएम ग्राउन्ड क्लियरेन्स र ५८० एमएल स्पेसियस ट्रंक रहेको छ ।

इलेक्ट्रिक गाडीका लागि विभिन्न बैंकहरुले ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउने गरेका छन् । त्यसैले शुरुमा २० प्रतिशत रकम मात्र डाउन पेमेन्ट गरेर यसलाई आफ्नै गाडी बनाउन पनि सकिन्छ ।

बीवाईडी अल न्यु ई६ मा ८ वर्ष वा ५ लाख किलोमिटर गुड्दा सम्म ब्याट्री वारेन्टी उपलब्ध हुने साइमेक्स इंकले जनाएको छ ।

नेपाली बजारमा अल न्यु बीवाईडी ई६ को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यसमा ७ किलोवाट आवरको होम चार्जर समेत उपलब्ध हुन्छ ।

सम्बन्धित समाचारहरू

काँक्रेविहार यातायातलाई किटोनका १९ वटा विद्युतीय माइक्रो बस हस्तान्तरण

काँक्रेविहार यातायातलाई किटोनका १९ वटा विद्युतीय माइक्रो बस हस्तान्तरण

काठमाडौं– सुर्खेतको काँक्रेविहार यातायात प्रालिलाई ‘किटोन’ ब्राण्डका १९...

जर्मनीलाई पछि पार्दै चीन वन्यो विश्वकै दोस्रो ठूलो कार निर्यातक, इभीको हिस्सामा लगातार बृद्धि

जर्मनीलाई पछि पार्दै चीन वन्यो विश्वकै दोस्रो ठूलो कार निर्यातक, इभीको हिस्सामा लगातार बृद्धि

न्यू इनर्जी भेइकलको हिस्सामा निरतरको बृद्धिले चीनलाई विश्वकै दोस्रो ठूलो...

तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा आउने

तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा आउने

तनहुँ परेवाडाँडामा जिपलाइन र ‘स्काई रोप साइक्लिङ’ सञ्चालनमा आउने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...