जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...
भारतको सबैभन्दा ठूलो प्यासेन्जर कार उत्पादक कम्पनी मारुती सुजुकीले अबको २ बर्षभित्र ४ वटा नयाँ एसयुभी ल्याउने जनाएको छ । उसले नेक्स्ट जेन भिटरा ब्रेजा, बोलेनोमा आधारित क्रसओभर, ५ डोर जिम्नी र नाम उल्लेख भैनसकेको नयाँ मिडसाइज एसयुभीलाई सन् २०२३ को अन्त्यसम्म सार्बजनिक गर्ने जनाएको हो । भारत लगायत बिश्वका अधिकांश बजारमा एसयुभी गाडीको माग बढ्दै गएका कारण अबका दिनमा सुजुकीको ध्यान यहि सेग्मेन्टमा केन्द्रित हुने देखिएको छ ।
ब्रेजाको नेक्स्ट जेन मोडललाई कम्पनीले यसै बर्षको अन्त्यसम्म लन्च गरिसक्ने योजना बनाएको छ । हाल कारोबार भैरहेको रेगुलर ब्रेजालाई अपडेट गरी निर्माण गरिएको यो एसयुभीको तस्बिर र केही टेक्निकल जानकारी बाहिरीसकेको छ । जुन रेगुलर मोडलको तुलनामा थप स्लिक र सार्प डिजाइनका साथ नयाँ स्टायलको इन्टेरियरमा आउनेछ । सनरुफ र ६ वटासम्म एयरब्याग थप हुने यसको इन्जिन र पावरट्रेनमा भने कुनै परिबर्तन गरिने छैन ।
टोयोटासंगको सहकार्यमा निर्माण गरिरहेको अर्को नयाँ एसयुभीले हुन्डाई क्रेटासंग प्रतिस्पर्धा गर्ने जनाइएको छ । यो नयाँ एसयुभीको नाम हालसम्म सार्बजनिक गरिएको छैन । डिएनजिए प्लेटफर्ममा उत्पादन गरिने यो एसयूभीमा १.५ लिटर पेट्रोल–इलेक्ट्रिक पावरट्रेन रहनसक्ने बताइएको छ । यसै बर्षको अन्त्यसम्म लन्च हुन सक्ने अनुमान लगाइएको यो एसयुभीले हाल उपलब्ध एस–क्रसलाई बिस्थापित गर्ने देखिएको छ ।
कम्पनीले लन्च गर्न लागेको अर्को नयाँ कम्प्याक्ट एसयुभी हाल कारोबार भैरहेको बोलेनो प्रिमियम ह्याचब्याकमा आधारित रहनेछ । जसको इन्जिन, लुक्स तथा डिजाइन र फिचर्सबारे हालसम्म कम्पनीले कुनै जानकारी सार्बजनिक गरेको छैन । त्यसैगरी मिनी अफरोडर जिम्नीलाई इन्डियन स्पेकसहित ५ डोर मोडलमा उतार्ने कम्पनीले योजना बनाएको छ । हाल यो एसयुभी ३ डोर मोडलमा उपलब्ध रहँदै आएको छ । पावरट्रेन, फिचर्स र लुक्स तथा डिजाइन भने रेगुलर जिम्नीसरह नै रहने अनुमान लगाइएको छ ।
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...
लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ आज लन्च भएको छ ।...
मारुती सुजुकीले यही महिना भारतीय बजारमा नयाँ सुजुकी सेलेरियो सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...